काठमाडाैं । रिचर्ड ब्रान्सन एक अर्बपति बेलायती उद्यमी हुन् । उनले एक पटक भनेका थिए- प्रविधिकाे नाेकर नबन्नुहाेस् । आफ्नाे फाेनलाई तह लगाउनुहाेस्, ताकि त्यसले तपाईंलाई तह लगाउन नसकाेस् ।
तैपनि हामीमध्ये धेरैजसाे स्मार्टफाेनमै अल्झिरहेका हुन्छाैँ । एक अध्ययनअनुसार ४६ प्रतिशत स्मार्टफाेन प्रयाेगकर्ताले दैनिक पाँचदेखि छ घन्टा फाेनमा बिताउने गर्छन् ।
त्यस्तै एक व्यक्तिले दैनिक १५० देखि २४४ पटक फाेन हातमा लिने पनि अध्ययनले देखाएकाे छ ।
ती समय हाम्राे लागि निकै अमूल्य समय बन्नसक्थे । तर हामीले त्यसलाई मात्र फाेन स्क्रोल गरेर सक्याैँ । यसकारण फाेनमा कम समय बिताउने उपाय भनेकाे यस कुरालाई प्रतिस्थापन गर्ने गतिविधि गर्नु हाे । चाहे त्याे पढेर हाेस् या भान्सामा केही पकाएर ।
धेरै लामाे समयसम्म फाेनमा बिताउँदा महत्त्वपूर्ण समय खेर जानुका साथै यसले हाम्राे स्वास्थयमा समेत नकारात्मक असर पारिरहेकाे हुन्छ ।
आज हामी तपाईँलाई फाेनमा कम समय बिताउन गर्ने वैकल्पिक सात कामबारे बताउँदै छाैँ ।
१. नयाँ सीपहरु सिक्नुहाेस्
धेरै मानिस समय अभावका कारण नयाँ सीप सिक्न नसकेकाे अथवा कुनै किताब पढ्न नसकेकाे भनेर गुनासाे गर्छन् । तर याे आफैँमा गरेकाे एक भद्दा मजाक मात्र हाे ।
यहाँ समस्या समयकाे नभएर समय व्यवस्थापनकाे हाे । हामी धेरैकाे समय अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाे हुन्छ । हामीले प्रत्येक दिन आधा घन्टा फाेन चलाउन छाडेर नयाँ सीप सिक्न थाल्याैँ भने के हुन्छ हाेला ?
नयाँ सीप सिक्नका लागि विभिन्न ताैरतरिका छन् । अहिलेकाे समयमा दक्ष सीप भएकाहरुले नै धेरै तलबसहित जागिर खाने हुन् । भलै तपाईँले फाेन स्क्राेल गर्दा ‘डाेपामाइन’का कारण क्षणिक खुसी हुनु हुँदाे हाे ।
तर तपाईँले त्याे क्षणिक खुसी छाडेर नयाँ सीप सिक्नुभयाे भने जीवनभर खुसी हुनुहुने छ ।
२. डकुमेन्ट्री हेर्नुहाेस्
सामाजिक सञ्जालमा कसले के राख्याे, कति लाइक आयाे, कतिले कमेन्ट गरे भन्ने जस्ता सामान्य कुरामा अल्झिनुभन्दा डकुमेन्ट्री (वृत्तचित्र) हेर्नु धेरै बुद्धिमानी कुरा हाे ।
एउटा राम्राे डकुमेन्ट्रीले तपाईँलाई याे संसारबारे थप बुझ्न, आफ्नाे दैनिकीमा परिवर्तन ल्याउन साथै साेच्ने तरिकामा समेत फरक पार्न सहयाेग गर्दछ ।
३. अनलाइनलाई आय हुने स्राेत बनाउनुहाेस्
फाेनमा घन्टाैँसम्म स्क्राेल गर्दै बस्ने अनि पैसा कमाउन सकिनँ भन्नुकाे सट्टा अब अनलाइनबाट पैसा कमाउने काम गर्न थाल्नुहाेस् ।
आफ्नाे फाेनमा अरुकाे कन्टेन्ट थुपार्नुभन्दा आफैं कन्टेन्ट सिर्जना गर्नतिर लाग्नुहाेस् । साइड-हस्टल सुरु गर्नुहाेस् । इन्टरनेटबाट आम्दानी गर्न सकिने क्षेत्र धेरै छन् । ती सबैमा प्रयास गर्नुहाेस् ।
४. किताब पढ्न थाल्नुहाेस्
चिकेन सुप फर दी सोलका लेखक ज्याक क्यानफिल्डले एक पटक भनेका थिए, “नियमित रुपमा दैनिक २-३ घन्टा मात्र पुस्तक पढ्नुभयाे भने तपाईँ जुन क्षेत्रमा भए पनि त्याे क्षेत्रकाे उत्कृष्ट एक प्रतिशतभित्र पर्नुहुन्छ ।”
यदि तपाईँले दैनिक १५ पृष्ठमात्र कुनै किताब पढ्नुभयाे भने वर्षमा २०० पृष्ठकाे २७ भन्दा बढी किताब पढेर सक्नुहुन्छ ।
१५ पृष्ठ पढ्न तपाईँलाई करिब ३० मिनेट लाग्न सक्छ । तर तपाईँले त्याे ३० मिनेट फाेनमा स्क्राेल गर्दै बिताउनुभयाे भने त्याे सुनाैलाे अवसर गुम्दैन र !
५. केही सिर्जनात्मक काम गर्नुहाेस्
फाेनमा अरुका सिर्जना मात्र राख्ने कि अब आफ्नै सिर्जना बनाउन लाग्ने ? याे तपाईँमा भरपर्ने कुरा हाे ।
फाेनबाट टाढा रहेर सिर्जनात्मक काममा केहीबेर आफ्नाे तनमन लगाउनुभयाे भने यसले तपाईँँलाई धेरै फाइदा गर्दछ । याे समयमा तपाईँ निम्न कार्य गर्न सक्नुहुन्छ :
पेन्टिङ
सङ्गीत सिर्जना
फाेटाेग्राफी
लेखन
डीआईवाई प्राेजेक्ट
एक अध्ययन अनुसार सिर्जनात्मक कार्य गर्दा खुसी बढ्छ भने तनाव र चिन्ता कम हुन्छ । साथै अध्ययनले नै धेरै समय स्मार्टफाेन चलाउँदा तनाव र चिन्ता बढ्ने देखाएकाे छ ।
६. घुम्न जानुहोस्
आजभाेलि हामी विस्तारै ‘इन्डोर जेनेरेसन’ बन्दै गइरहेका छाैँ । यसले गर्दा हामी झनै बढी फाेनमा समय व्यतित गर्ने गर्दछाैँ । बढी समय काेठाभित्रै बसिरहँदा हाम्राे क्रियाशील जीवनशैली नष्ट हुनका साथै हामीलाई भिटामिन डीकाे कमि पनि भइरहेकाे हुन्छ ।
यसकारण स्मार्टफाेन काेठामा नै छाडेर बाहिर घुम्न निस्कनुहाेस् । यसले तपाईँलाई ताजा महसुस गराउँदछ । तपाईँले आफूलाई प्रकृतिकाे नजिक पाउँदा काम गर्ने जाेश जाँगरसमेत बढेकाे पाउनु हुने छ ।
सहरमा तपाईँ बाइक यात्रामा जान सक्नुहुनेछ, अथवा नजिकैकाे पहाडमा हाइकिङमा जान सक्नुहुन्छ । एउटा कुरा तपाईँले के याद गर्नुपर्ने हुन्छ भने तपाईँ स्मार्टफाेन स्क्रोल गरेर बस्नका लागि बन्नुभएकाे हाेइन ।
७. पाेडकास्ट सुन्नुहाेस्
आफ्नाे वरपर स्मार्टफाेन राख्नैपर्ने अवस्था छ भने तपाईँ पाेडकास्ट सुन्न सक्नुहुन्छ । फाेनमा पाेडकास्ट सुन्दै तपाईँले अन्य कार्य जस्तै: घरकाे सफाइ, हलुका खालका व्यायम आदि ।
नेपालमा पछिल्लाे समयमा पाेडकास्ट निकै लाेकप्रिय हुँदै गइरहेकाे छ । तपाईँले नेपालमा चर्चित निम्न पाेडकास्टहरु सुन्न सक्नुहुन्छ ।