close

आईफोन १४ सँगै सार्वजनिक भएका यी एप्पल वाच र एयरपड्स, कसको मूल्य कति ?

टेकपाना टेकपाना

भदौ २५, २०७९ १८:४७

आईफोन १४ सँगै सार्वजनिक भएका यी एप्पल वाच र एयरपड्स, कसको मूल्य कति ?

काठमाडौं । एप्पलले गत बुधबार ‘फार आउट’ कार्यक्रम गर्दै आईफोन १४ सिरिजसँगै अन्य विभिन्न डिभाइस सार्वजनिक गरेको छ ।

आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक भएका छन् भने कम्पनीले एप्पल वाच सिरिज, एप्पल वाच एसई, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो पनि सार्वजनिक गरेको छ ।

एप्पल वाच सिरिज ८

एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ८ मा पहिलेभन्दा केही फिचर थपिएका छन् । यसमा विशेषगरी हेल्थ ट्रेकिङमा बढी सुधार ल्याइएको छ ।

सिरिज ८ मा ४५ एमएमको डिस्प्ले रहेको छ । यसमा रहेका फिचरहरू तल उल्लेख गरिएको छ ।

  • अलवेज-अन रेटिना डिस्प्ले
  • यसमा १००० निट्स ब्राइटनेसको डिस्प्ले समावेश छ ।
  • सिरिज ८ मा ४५ एमएमको वाटर रेसिस्टेन्स रहेको छ ।
  • यस स्मार्टवाचमा ब्लड अक्सिजन एप, ईसीजी एप, उच्च र न्युन मुटुको ढड्कन दरको नोटिफिकेसन, कार्डियो फिटनेस नोटिफिकेसन रहेको छ ।
  • त्यस्तै यस वाचमा टेम्प्रेचर सेन्सिङ, साइकिलिङ ट्रयाकिङ, इमरजेन्सी एसओएस, इन्टरनेस्नल इमर्जेन्सिङ कलिङ, फल डिटेक्सन, क्यास्श डिटेक्सन्, १८ घण्टासम्मको ब्याट्री ब्याकअप, फास्ट चार्जिङ जस्ता फिचरहरू रहेका छन् ।

यस स्मार्टवाडको जीपीएस मोडेलको मूल्य ३९९ डलर (करिब ५० हजार ५०० रुपैयाँ) रहेको छ भने सेलुलर मोडेलको मूल्य ४९९ डलर (करिब ६३ हजार २०० रुपैयाँ) रहेको छ ।

एप्पल वाच एसई

एप्पलले सार्वजनिक गरेको एप्पल वाच एसई कम्पनीको सेकेन्ड जेनेरेसनको स्मार्टवाच हो । यस स्मार्टवाचले पनि एप्पल वाच सिरिज ८ जस्तै कार डिटेक्सन फिचर सपोर्ट गर्ने बताइएको छ ।

यो पहिले जेनेरेसनको एसई मोडेलभन्दा २० प्रतिशत तीव्र क्रयाश डिटेक्ट गर्छ । यस स्मार्टवाचमा एस ८ चिप प्रयोग भएको छ ।

यस स्मार्टवाचको जीपीएस मोडेलको मूल्य २४९ डलर (करिब ३१ हजार ५०० रुपैयाँ) रहेको छ भने सेलुलर मोडेलको मूल्य २९९ डलर (करिब ३७ हजार ८००) रहेको छ ।

  • अलवेज-अन रेटिना डिस्प्ले
  • यसमा १००० निट्स ब्राइटनेसको डिस्प्ले समावेश छ ।
  • एप्पल वाच एसई ४४ एमएमको वाटर रेसिस्टेन्स रहेको छ ।
  • यस स्मार्टवाचमा उच्च र न्युन मुटुको ढड्कन दरको नोटिफिकेसन, कार्डियो फिटनेस नोटिफिकेसन रहेको छ ।
  • एप्पल वाच अल्ट्रा

एप्पलले वर्षौँदेखि ल्याउने भनिएको एप्पल वाच अल्ट्रा यस वर्ष सार्वजनिक गरेको छ । यसलाई एप्पलको प्रिमियम स्मार्टवाच मानिन्छ ।

यस स्मार्टवाचमा ठूलो डिस्प्ले र आकर्षक डिजाइन रहेको छ । यसकाे ब्याट्री ब्याकअप ३६ घण्टासम्म रहेको बताइएको छ । लो पावर सेटिङमा भने यस वाचलाई बढीमा ६० घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।

  • अलवेज-अन रेटिना डिस्प्ले
  • २००० निट्स ब्राइटनेसको डिस्प्ले
  • ४९ एमएमको वाटर रेसिस्टेन्स
  • ब्लड अक्सिजन एप, ईसीजी एप, उच्च र न्यून मुटुको धड्कन दरको नोटिफिकेसन, कार्डियो फिटनेस नोटिफिकेसन लगायतका फिचर

यसको मूल्य ७९९ डलर (करिब १ लाख १ हजार २०० रुपैयाँ) रहेको छ ।

एयरपड्स प्रो

एप्पलले “फार आउट’ कार्यक्रममा सार्वजनिक गरेको अर्को उत्पादन हो, एयरपड्स प्रो । एचटु चिप प्रयोग भएको यस एयरपडमा नोइज क्यान्सिलिङको फिचर रहेको छ ।

यसमा प्रयोग भएको एचटु चिपले पहिलेको तुलनामा दुई गुणा बढी न्वाइज क्यान्सिल गर्ने कम्पनीकाे दाबी छ ।

यसको चार्जिङ केसमा पनि केही सुधार ल्याइएको छ, जसकाे मूल्य २४९ डलर (३१ हजार ५०० रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३