close

भायानेटको दशैं अफर, अल्ट्रा–फाईका ग्राहकलाई निःशुल्क मेस राउटर

टेकपाना टेकपाना

भदौ २७, २०७९ १०:५८

भायानेटको दशैं अफर, अल्ट्रा–फाईका ग्राहकलाई निःशुल्क मेस राउटर

काठमाडौं । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आकर्षक अफर सञ्चालनमा ल्याएको छ । यो अफर अन्तर्गत भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकले ‘नोकिया बिकन १.१ मेस’ राउटर वा ‘एमआई ४.ए डुअल ब्यान्ड’ राउटर प्राप्त गर्ने भएका छन् ।

भायानेटले मासिक ९ सय ९९ रुपैयाँ प्रति महिनामा अल्ट्रा–फाई २०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । तर, यसका लागि ग्राहकले एकै पटक एक वर्षको जडान गर्नुपर्छ । यो प्याकेजमा ग्राहकले डुअल ब्यान्ड ओएनयुका साथै नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्ये एक छानेर राख्न पाउनेछन् ।

यसका लागि ग्राहकले डिपोजिट शुल्क भने बुझाउनु पर्ने हुन्छ । ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैयाँ र एमआई ४.ए राउटरको लागि १५ सय रुपैयाँ डिपोजिट गर्नुपर्ने कम्पनीले जनाएको छ । यसरी डिपोजिट गरिएको रकम ग्राहकले इन्टरनेट कनेक्सन बन्द गर्दाको बखतमा फिर्ता पठाउँनेछन् ।

ग्राहकको घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यका साथ कम्पनीले यो अफर सञ्चालनमा ल्याएको जनाएको छ । साथै भायानेटले प्रति महिना १५० रुपैयाँमा भायाटिभी पनि उपलब्ध गराउने जनाएको छ । तर, यसका लागि पनि एकै पटक वार्षिक ग्राहक बन्न आवश्यक छ । टिभीका लागि आवश्यक पर्ने पहिलो सेट–टप–बक्स पाँच सय रुपैयाँमै उपलब्ध हुने जनाइएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३