close

वाई-फाई नेपालको दशैं अफर, ३० एमबीपीएस इन्टरनेटलाई ५० एमबीपीएसमा निःशुल्क अपग्रेड

टेकपाना टेकपाना

भदौ २७, २०७९ १५:७

वाई-फाई नेपालको दशैं अफर, ३० एमबीपीएस इन्टरनेटलाई ५० एमबीपीएसमा निःशुल्क अपग्रेड

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले दशैं अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले आफ्ना ३० एमबीपीएस गतिकाे इन्टरनेट प्रयाेग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने माैका दिने भएकाे छ ।

यसकाे अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् ।

त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएसकै शुल्क तिरेर नवीकरण गर्न सक्नेछन् ।

अब भने वार्षिक ६ हजार २१५ रुपैयाँ तिरेर प्रयोगकर्ताले ५० एमबीपीएसको इन्टरनेट जडान गर्न सक्नेछन् ।

त्यस्तै वाई-फाई नेपालले आफ्नो सेवामा ८० एमबीपीएसको सुविधा ल्याएको छ । यसअन्तर्गत आठ हजार ४७५ रुपैयाँमा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने उनले बताए ।

यससँगै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिरे पुग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४