close

सफ्टवेरिका कलेजको नयाँ आईटी कार्यक्रमः एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स

टेकपाना टेकपाना

भदौ २७, २०७९ १४:३३

सफ्टवेरिका कलेजको नयाँ आईटी कार्यक्रमः एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्स ले ‘एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स’ विषयको पठनपाठन सुरु गरेको छ ।

विगतमा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा याे आईटी कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।

यसअन्तर्गत मसिन लर्निङ, डेटा म्यानेजमेन्ट सिस्टम, इन्टेलिजेन्ट इन्फर्मेसन रिट्रिभल, इन्ट्रक्सन टु स्टाटिकल मेथड्स फर डेटा साइन्स, बिग डेटा म्यानेजमेन्ट एन्ड डेटा भिजुअलाइजेसन, आर्टिफिसियल निरल नेटवर्क, एड्भान्स्ड मसिन लर्निङ, इन्डिभिजुअल रिसर्च प्रोजेक्ट प्रिपरेसन र कम्प्युटिङ इन्डिभिजुअल रिसर्च प्रोजेक्टलगायतका विषय समावेश छन् ।

‘यो विषयमा पठनपाठन सुरु गर्नुको हाम्रो मुख्य उद्देश्य विद्यार्थीको सीप विकास गर्नु हो’ कलेज प्रमुख प्रमोद पौडेलले भन्छन्, ‘डेटा साइन्सको भूमिकामा व्यावसायिक जोखिम व्यवस्थापन, व्यवसायिक, कानूनी, नैतिक र सामाजिक मुद्दाहरुको ज्ञान बढाउनु नै हो ।’

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमै बसेर कम खर्चमा उत्कृष्ट अन्तर्राष्ट्रिय डिग्री लिने अवसर सफ्टवेरिकाले विद्यार्थीलाई प्रदान गर्दै आएको बताए ।

श्रेष्ठले पढाइ पूरा गरेका विद्यार्थीलाई कलेजका संकायहरु, शिक्षक र पढ्दै गरेका विद्यार्थीसँग नेटवर्किङ गर्न, समन्वय गर्न पनि आग्रह गरे ।

उनले स्टार्टअप आइडिया भएका विद्यार्थीहरुलाई सहयोग गर्न कलेज तयार रहेको पनि बताए ।

एमएससी अध्ययनपछि विद्यार्थीहरु तथ्यांक विश्लेषण, स्टास्टिकल एनालाइसिस, मेसिन लर्निङ अल्गोरिथ्मस, आर्टिफिसियल निउरल नेटवर्क, डिप लर्निङ, बिग डाटा म्यानेजमेन्ट सिस्टम र रिसर्च स्किल फर एड्भान्स्ड डाटा साइन्स एन्ड कम्प्युलेसन इन्टेलिजेन्समा निपुण हुने पौडेलले बताए ।

यस्तै, विद्यार्थीका लागि ४० प्रतिशतभन्दा बढी छात्रवृत्तिको समेत व्यवस्था गरिएको कलेज प्रमुख पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४