close

मिवि ब्राण्डका स्पिकर, वायरलेस इयरबड्स र नेकब्यान्ड नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ २८, २०७९ १५:३४

मिवि ब्राण्डका स्पिकर, वायरलेस इयरबड्स र नेकब्यान्ड नेपाली बजारमा

काठमाडौं । मिवि ब्रान्डका अडियो डिभाइसहरू नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

नेपालका लागि मिवि प्रडक्टको आधिकारिक वितरक इन्फोनिटी ग्रुप प्रालिले मिविका सात नयाँ उत्पादन सार्वजनिक गर्न लागेकाे हाे ।

कम्पनीले चार ओटा साउन्डबार, दुई ओटा वायरलेस इयरबड र एउटा नेकब्यान्ड सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।

यसअन्तर्गत फोर्ट एस१००, फोर्ट एस६०, फोर्ट एस२४ र फोर्ट एस १६ साउन्डबार सार्वजनिक हुनेछन् ।

यस्तै डुओपड्स एफ४० र डुओपड्स एफ६० ईएनसी वायरलेस इयरबडसँगै कोलार क्लासिक प्रो नामक नेकब्यान्ड पनि सार्वजनिक हुनेछन् ।

साउन्डबारको मूल्य करिब ३८ सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म हुने बताइएको छ भने वायरलेस इयरबड्सको मूल्य करिब २७ सयदेखि तीन हजार रुपैयाँसम्म हुनेछ ।

यसैगरी नेकब्यान्डको मूल्य पनि २७ सय रुपैयाँसम्म हुने जनाइएको छ ।

कम्पनीका अनुसार असोज १ गतेदेखि यी उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४