काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको केही दिनमै आईओएस १६ अपडेट उपलब्ध गराएकाे छ । यो अपडेट निःशुल्क इन्स्टल गर्न सकिन्छ ।
नयाँ अपडेमा विजेट्स सहितको नयाँ लकस्क्रिन, आईमेसेजका लागि अनसेन्ड र एडिटको विकल्प, नयाँ कीबोर्ड फिचर, नयाँ होम एप र अन्य थुप्रै फिचर समावेश छन् ।
आईओएस १६ मा सबैभन्दा बढी सुधारकाे काम लकस्क्रिनमा देख्न सकिन्छ । आईओएस १६ अपडेट गरिसकेपछि प्रयोगकर्ताले लक स्क्रिनमा विजेट्स राख्न सक्नेछन् ।
उक्त विजेट्स, लक स्क्रिनमा नोटिफिकेसन देखिएजस्तै देखिन्छन् । आईफोन १४ प्रो मोडेलमा भने यी विजेट्स स्क्रिन बन्द हुँदा पनि देखिनेछन् ।
त्यस्तै आईओएस १६ मा प्रयोगकर्ताले आईमेसेजबाट पठाएको मेसेज एडिट वा अनसेन्ड गर्न सक्नेछन् । पठाएको मेसेज दुई मिनेटभित्र अनसेन्ड गर्न सकिन्छ भने १५ मिनेटभित्र एडिट गर्न सकिन्छ ।
त्यस्तै एप्पलले आईमेसेजका लागि ‘मार्क एज अनरिड’ को विकल्प समावेश गरेको छ । त्यसैगरी आईमेसेजबाट अडियो मेसेज फास्ट फर्वार्ड गर्ने वा त्यसलाई पठाउनुअघि सुन्ने विकल्प आईओएस १६ मा समावेश छ ।
आईओएस १६ मार्फत आईफोनको बिल्ट-ईन मेल एपमा शेड्युअल अप्सन समावेश छ ।
उक्त फिचर प्रयोग गरेर आफूले पठाउन चाहेको समयमा मेल पठाउन सकिन्छ । त्यस्तै प्रयोगकर्ताले पठाएको ईमेल तत्कालै अनसेन्ड समेत गर्नसक्ने बताइएको छ ।
यसैगरी मेल एपमा ‘रिमाइन्ड मी’को विकल्प रहेको छ, जसले गर्दा पहिले पठाएका पुराना मेल इनबक्सको सबैभन्दा माथि देखिन्छ । यसबाट तपाईँले फलो-अप मेसेज पठाउन सक्नुहुन्छ ।
त्यस्तै एप्पलले आईओएस १६ मा कीबोर्डका लागि केही फिचर समावेश गरेको छ । कीबोर्डमा थपिएका विभिन्न फिचरमध्ये ‘कीबोर्ड ह्याप्टिक’ एउटा आकर्षक फिचर हो ।
यसकाे माध्यमबाट तपाईँले कीबोर्डमा टाइप गर्दा भाइब्रेसन अनुभव गर्न सक्नुहुन्छ । ह्याप्टिक फिचर पहिले नै उपलब्ध थियो । पहिले भएको फिचरमा फ्लाश लाइट बाल्दा फोनमा भाइब्रेट हुन्थ्याे ।
त्यसैगरी आईओएस १६ मा क्यामेरा भ्यु र विजेट्स सहितको होम एप समावेश छ, जसको प्रयोग गरेर लकस्क्रिनबाट एप्पल वाचलाई नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै यदि तपाईँले पहिले फोटोबाट टेक्स कपी गर्न सक्नुहुन्थ्यो भने अब आईफोन प्रयोग गरेर भिडिओका टेक्स्ट समेत कपी गर्न सक्नुहुन्छ । त्यस्तै यस अपडेटमार्फत हेल्थ एपमा समेत केही सुधार ल्याइएको छ ।
यसका माध्यमबाट अब मेडिकेसन, भिटामिन र अन्य आवश्यक पदार्थ लिस्ट बनाएर प्रयोग गर्न सकिन्छ । यसैगरी सुरक्षाका लागि एप्पलले आईओएस १६ मा लकडाउन मोड समावेश गरेको छ ।
जसले गर्दा प्रयोगकर्तालाई स्टेट-स्पोन्सर्ड स्पाईवेयरबाट प्रयोगकर्तालाई सुरक्षित राख्न सकिने विश्वास छ ।
लकडाउन मोडले अट्याचमेन्ट सहितको मेसेज, डिफल्ट रूपमा हुने वेब ब्राउजिङ, अपरिचित नम्बरबाट आउने कल वा एसएमएसलाई ब्लक गर्न सकिने बताइएको छ ।
कुन कुन माेडेलमा उपलब्ध हुनेछ ?
- iPhone 14
- iPhone 14 Plus
- iPhone 14 Pro
- iPhone 14 Pro Max
- iPhone 13
- iPhone 13 mini
- iPhone 13 Pro
- iPhone 13 Pro Max
- iPhone 12
- iPhone 12 mini
- iPhone 12 Pro
- iPhone 12 Pro M
- iPhone 11
- iPhone 11 Pro
- iPhone 11 Pro Max
- iPhone XS
- iPhone XS Max
- iPhone XR,
- iPhone X
- iPhone 8
- iPhone 8 Plus
- iPhone SE (2nd generation or later)
कसरी इन्स्टल गर्ने ?
यदि तपाईंले अटोमेटिक इन्स्टल राख्नुभएको छैन भने तपाईंलाई सफ्टवेयर इन्स्टल गर्न नोटिफकेसन आउँछ । यद्यपि कहिलेकाहीँ नआउन सक्छ । यस्तो अवस्थामा आईफोनको ‘सेटिङ’ मा गएर ‘जेनेरल’ मा ट्याप गर्नुहोस् ।
त्यसपछि ‘सफ्टवेयर अपडेट’ मा ट्याप गरेर आफ्नो फोनमा आईओएस १६ अपडेट आए/नआएको यकिन गर्नुहोस् ।
यदि तपाईंको डिभाइसमा यो अपडेट आइसकेको छ भने स्क्रिनको सबैभन्दा तल ‘डाउनलोड एन्ड इन्स्टल’ अप्सनमा ट्याप गरेर आईओएस १६ इन्स्टल गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
