काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ ३० गते मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सफ्ट लञ्च गर्ने भएको छ ।
यसअघि भदौ २४ गते सफ्ट लञ्च गर्ने बताइए पनि तयारी नपुगेकाले भदौ ३० होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दैै प्राधिकरणले यो प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चारसचिव वैकुण्ठ अर्यालसहित प्राधिकरणका अधिकारीको उपस्थिति हुनेछ ।
नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो ।
यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।