काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा (Visa Direct Service) सुरु गरेको छ । कम्पनीले भिसा इन्टरनेसनल (VISA International) सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरूको खातामा सोझै रेमिटेन्स पठाउन सक्नेछन् ।
यो सेवा लागु भएसँगै भिसा डाइरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट इन्टरनेट-बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अङ्कको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । उक्त रकम नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।
यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् ।