close

वर्ल्डलिंक २८ वर्षमा प्रवेश, देशभर ३० लाख प्रयोगकर्ता

टेकपाना टेकपाना

भदौ ३०, २०७९ २०:१८

वर्ल्डलिंक २८ वर्षमा प्रवेश, देशभर ३० लाख प्रयोगकर्ता

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २७ वर्ष पुरा गरेको छ । अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले आज आफ्नो सेवा ७३ ओटा जिल्लामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । यो वर्षभित्र ७७ ओटै जिल्लामा आफ्नो इन्टरनेट सेवा पुर्‍याउने कम्पनीको लक्ष्य छ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो ।

आजको दिनमा देशभर ७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने सबैभन्दा ठूलो कम्पनीको रुपमा वर्ल्डलिंक परिचित छ ।

देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उताचढावहरू देखेको कम्पनीले देशको ७७ ओटै जिल्लामा आफ्नो सेवा पूर्‍याउन सफल भएको छ ।

त्यस्तै कम्पनीले अहिले ३० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । कम्पनीले इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको छ ।

कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार याे वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए ।

“नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,” उनले भने, “देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको छ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४