close

कस्तो होला साओमीको २०० मेगापिक्सेल क्यामेरा भएको फोन ?

टेकपाना टेकपाना

असोज १, २०७९ १२:२०

कस्तो होला साओमीको २०० मेगापिक्सेल क्यामेरा भएको फोन ?

काठमाडौं । साओमीले पनि २०० मेगापिक्सेल क्यामेरासहितको स्मार्टफोन चाँडै नै सार्वजनिक गर्ने भएको छ । बाहिरिएका समाचार अनुसार कम्पनीले तयार हुँदै गरेको नयाँ स्मार्टफोन ‘साओमी १२टी’ मा २०० मेगापिक्सेलको क्यामेरा उपलब्ध गराउँदैछ ।

मोबाइलमा १२० हर्जसहितको ६.६७ इन्चको डिस्प्ले हुने जनाइएको छ । फोनमा ५,००० एमएएचको ब्याट्री उपलब्ध हुनेछ भने १२० वाटको फास्ट चार्जिङ पनि हुनेछ ।

फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर उपलब्ध हुनेछ ।

यस्तै फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि हुनेछ ।

१२ जीबी र्‍याम र २५६ जीबी स्टोजेको भेरियन्टमा फाेन उपलब्ध हुने चर्चा छ । अन्तर्राष्ट्रिय बजारमा यो फोनको मूल्य ८५० युरो (एक लाख ९ हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४