काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ईम्बेडेड सिमकार्ड (ई–सिम) को वितरण थालेको छ । केही दिनदेखि टेलिकमले सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरिरहेको थियो ।
अहिले भने टेलिकमका विभिन्न काउन्टरबाट उक्त सिम निःशुल्क पाउन सकिन्छ । टेलिकमले निःशुल्क उपलब्ध गराउने ई-सिम तपाईँको डिभाइसमा सपोर्ट गर्छ या गर्दैन भन्ने जिज्ञासा लागेको हुनसक्छ ।
साथै सपोर्ट गर्ने रहेछ भने टेलिकमका विभिन्न काउन्टरबाट निःशुल्क ई-सिम एक्टिभेट गराउन सक्नुहुन्छ । आफ्नो फोनमा ई-सिम सपोर्ट गर्छ या गर्दैन भन्ने जाँच गर्नका लागि तलका विभिन्न प्रक्रिया अपनाउनुहोस ।
आईएमईआई नम्बरबाट जाँच गर्नुहोस्
तपाईँको फोनको आईएमईआई नम्बरले पनि सो फोनमा ई-सिम चल्छ वा चल्दैन भन्ने कुराको जानकारी दिएको हुन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा *#06# डायल गर्नुहोस् ।
त्यसपछि त्यहाँ विभिन्न आईएमईआई नम्बर देखिन्छन् । यदि उक्त पेजमा ईआईडी (EID) नम्बर समावेश छ भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।
स्मार्टफोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुरा यसरी हेर्नुहोस्
सन् २०१७ पछि सार्वजनिक भएका विभिन्न आईफोन मोडेलमा ई-सिम सपोर्ट हुने गरेको पाइन्छ । यदि तपाईँ आईफोन वा एन्ड्रोइ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो फोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुराको जानकारी पाउन सक्नुहुन्छ ।
आफ्नो स्मार्टफोनको सेटिङबाट उक्त विषयको जानकारी पाउन सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि सर्च बारमा गएर एड मोबाइल प्लान (Add Mobile Plan) वा एड डेटा प्लान (Add Data Plan) भन्ने अप्सन खोज्नुहोस् ।
यदि यो अप्सन भेटियो भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।
यदि तपाईँले माथि उल्लेख गरिएका कुराबाट ई-सिम सपोर्ट हुन नहुने कुराको जानकारी पाउन सक्नुभएन भने तल उल्लेख गरिएका विभिन्न स्मार्टफोनको सूचीमा सो विषयमा जानकारी पाउन सक्नुहुन्छ ।
यी डिभाइसमा सपोर्ट गर्छ ई-सिम
आईफोन
-
iPhone XR
-
iPhone XS
-
iPhone XS Max
-
iPhone 11
-
iPhone 11 Pro
-
iPhone 11 pro Max
-
iPhone SE 2 (2020)
-
iPhone 12
-
iPhone 12 Mini
-
iPhone 12 Pro
-
iPhone 12 Pro Max
-
iPhone 13
-
iPhone 13 Mini
-
iPhone 13 Pro
-
iPhone 13 Pro Max
-
iPhone SE 3 (2022)
-
iphone 14
-
iphone 14 plus
-
iphone 14 pro
-
iphone 14 pro Max
आईप्याड
-
iPad Pro 11″ (model A2068, from 2020)
-
iPad Pro 12.9″ (model A2069, from 2020)
-
iPad Air (model A2123, from 2019)
-
iPad (model A2198, from 2019)
-
iPad Mini (model A2124, from 2019)
सामसङ
-
Samsung Galaxy S20
-
Samsung Galaxy S20+
-
Samsung Galaxy S20 Ultra
-
Samsung Galaxy S21
-
Samsung Galaxy S21+ 5G
-
Samsung Galaxy S21 Ultra 5G
-
Samsung Galaxy S22
-
Samsung Galaxy S22 5G
-
Samsung Galaxy S22 Ultra
-
Samsung Galaxy Note 20 Ultra
-
Samsung Galaxy Note 20 Ultra 5G
-
Samsung Galaxy Fold
-
Samsung Fold LTE model
-
Samsung Galaxy Fold 3
-
Samsung Galaxy Z Fold2 5G
-
Samsung Galaxy Z Fold3 5G
-
Samsung Galaxy Z Flip3 5G
-
Samsung Galaxy Z Flip3 5G Fold
-
Samsung Galaxy Z Flip
-
Samsung Galaxy Note 20 FE 5G
-
Samsung Galaxy Note 20FE
-
Samsung Watch (via Samsung Wearable application)
गुगल फोन
-
Google Pixel 2 (only phones bought with Google Fi service)
-
Google Pixel 2 XL
-
Google Pixel 3 XL
-
Google Pixel 3a XL
-
Google Pixel 4
-
Google Pixel 4a
-
Google Pixel 4 XL
-
Google Pixel 5
-
Google Pixel 5a
-
Google Pixel 6
-
Google pixel 6a
-
Google Pixel 6 Pro.
ह्वावे फोनहरू
-
Huawei P40
-
Huawei P40 Pro
-
Huwawei P50 Pro
-
Huawei Mate 40 Pro
ओप्पो
-
Oppo Find X3
-
Oppo Find X3 Pro
-
Oppo Reno 5A
-
Oppo Reno6 Pro 5G
-
Oppo Find X5
-
Oppo Find X5 Pro
-
Oppo A55s
सोनी
-
Sony Xperia 1 IV
-
Sony Xperia 5 IV
-
Sony Xperia 10 III Lite
-
Sony Xperia 10 IV
-
मोटोरोला
-
Motorola Razr 2019
-
Motorola Razr 5G
ह्यामर
-
HAMMER Explorer Pro
-
Hammer Blade 3
-
Hammer Blade 5G
-
myPhone NOW eSIM
ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू
-
Motorola Razr 2019
-
Motorola Razr 5G
-
Nuu Mobile X5
-
Gemini PDA
-
Rakuten Mini
-
Rakuten Big-S
-
Rakuten Big
-
Surface Pro X
-
Honor Magic 4 Pro
-
Fairphone 4
-
Vivo X80
अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।
-
Microsoft Surface Pro X
-
Microsoft Surface Go 2
-
Microsoft Surface Pro LTE Advanced
-
Acer Swift 3
-
Acer Swift 7
-
Asus Mini Transformer
-
Asus NovaGo
-
Asus VivoBook Flip 14
-
HP Elitebook G5
-
HP Probook G5
-
HP Zbook G5
-
HP Specter Folio 13
-
Lenovo Yoga C630
-
Lenovo Miix 630
-
Lenovo Yoga 520
-
Lenovo Flex 5G
-
Samsung Galaxy Book 2
-
Dell Latitude 7210 2-in-1
-
Dell Latitude 9410
-
Dell Latitude 7310
-
Dell Latitude 7410
-
Dell Latitude 9510
-
Dell Latitude 5410
-
Dell Latitude 5411
-
Dell Latitude 5511
माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।
त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।
अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।
के हो ई-सिम ?
ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १५:३७
