काठमाडौं । एप्पलले सन् २०१७ मा पहिलो पटक ठूलो स्क्रिनसहित नच भएको फोन आईफोन एक्स सार्वजनिक गरेको थियो । उक्त नचले गर्दा एप्पलले ब्याट्रीको पर्सेन्टेज हटाउनुपर्ने अवस्था आएको थियो । यसले गर्दा प्रयोगकर्ता स्टाटस बारमा आफ्नो ब्याट्री पर्सेन्टेज कति बाँकी छ भनेर हेर्न असमर्थ भए । प्रयोगकर्ताबाट थुप्रै गुनासा आएपछि एप्पलले आईओएस १६ मा यसलाई परिवर्तन गरेको छ ।
आईओएस १६ को अपडेटसँगै एप्पलले स्टाटस बारमा ब्याट्री पर्सेन्टेजलाई पुनः समावेश गरेको छ, जसले गर्दा प्रयोगकर्ताले ब्याट्रीको वास्तविक अवस्थाबारे जानकारी पाउन सक्छन् ।
आईओएस १६ मा यसरी सेट गर्नुहोस् ब्याट्री पर्सेन्टेज
आईओएस १६ मा डिफल्ट रूपमा स्टाटस बारमा ब्याट्री पर्सेन्टेज देखाइएको हुँदैन । स्टाटस बारमा ब्याट्री पर्सेन्ट देखाउन तलको प्रक्रिया अपनाउनुहोस् ।
-
सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
-
त्यसपछि स्क्रोल गरेर तल गई ब्याट्रीको अप्सनमा ट्याप गर्नुहोस् ।
-
त्यसपछि त्यहाँ रहेको ब्याट्री पर्सेन्टको अप्सन अन गर्नुहोस् ।
-
त्यसपछि तपाईँको आईफोनको स्टाटस बारमा ब्याट्रीको पर्सेन्ट देखाउँछ ।
कुन आईफोनले ब्याट्री पर्सेन्ट देखाउँछ ?
नच भएर फेस आईडी सपोर्ट गर्ने प्रायः सबै आईफोनमा ब्याट्री पर्सेन्ट राख्न सकिन्छ । तर, आईफोन एक्सआर, आईफोन ११, आईफोन १२ मिनि, आईफोन १३ मिनिमा भने यो सुविधा रहेको छैन । तल उल्लेख गरिएका आईफोनमा भने ब्याट्री पर्सेन्ट देखाउन सकिन्छ ।
-
आईफोन एक्स
-
आईफोन एक्सएस र आईफोन म्याक्स
-
आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स
-
आईफोन १२, आईफोन १२ प्रो, आईफोन १२ प्रो म्याक्स
-
आईफोन १२, आईफोन १३ प्रो, आईफोन १३ प्रो म्याक्स
-
आईफोन १४, आइफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स
हाल स्क्रिनमा देखिने ब्याट्रीको आइकनभित्र ब्याट्री पर्सेन्ट देखाइएको हुन्छ । आईओएस १६ मा देखाएको ब्याट्री पर्सेन्ट त्यति आकर्षक देखिँदैन । यसलाई आईओएस १६.१ मा आकर्षक बनाइने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १३:३९
