close

४०० मोबाइल एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको पासवर्ड चोरी

टेकपाना टेकपाना

असोज २२, २०७९ १०:१६

४०० मोबाइल एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको पासवर्ड चोरी

काठमाडौं । मेटाले आफ्ना १० लाख फेसबुक प्रयोगकर्तालाई उनीहरुको पासवर्ड चोरी भएको भन्दै चेतावनी दिएको छ । एप्पलको एपस्टोर र गुगलको प्ले स्टोरमा रहेको थर्ड पार्टी एपहरूले फेसबुकका १० लाख प्रयोगकर्ताको पासवर्ड चोरी गरेको कम्पनीको दाबी छ ।

हालसम्म यस्ता एपहरू ४०० भन्दा बढी रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार, धेरैजसो एपहरू फोटो एडिटर, क्यामेरा एप, भीपीएन, राशिफल एपहरू र फिटनेस ट्र्याकिङ लगायतका छन् । यी एपहरू डाउनलोड गर्दा प्रयोगकर्ताले फेसबुक आईडीबाट लगइन गरेपछि उनीहरूको फेसबुक पासवर्ड चोरी भएको हो ।

एप प्रयोग गर्नको लागि लगइन गर्नैपर्ने भएपछि प्रयोगकर्ताहरूले फेसबुकबाट लगइन गर्दा पासवर्ड चोरी भएको मेटाले जनाएकाे छ । कम्पनीले यस्ता संक्रमित एप दुवै एप स्टोरमा पाएपनि धेरै मालिसियस एप भने प्ले स्टोरमा रहेको उल्लेख गरेकाे छ ।

एन्ड्रोइडमा भेटिएका धेरैजसो मालिसियस एपहरू प्रयाेगकर्ताका लागि लागि उपयाेगी एपहरू थिए । यद्यपि ४७ ओटा मात्र भेटिएका आईओएस एपहरू व्यावसायिक एप, व्यावसाय व्यवस्थापन एप, मेटा बिजनेस एप, फेसबुक एनलाइटिक एप, एड बिजनेस नलेज लगायतका फेसबुकको व्यावसायसँग जोडिएका एप थिए ।

मेटाले पत्ता लगाएका एपहरू सबै स्टोरबाट हटाइसकेको गुगल र एप्पलले दाबी गरेका छन् । यसैबीच मेटाले पासवर्ड चोरी भएका प्रयोगकर्ताहरूलाई सूचित गर्न सुरु गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ ११:४२