close

एन्ड्रोइडमा फैलियो खतरनाक मालवेयर, डेटा चोरीदेखि गोप्य रूपमा कल रेकर्ड गर्ने

टेकपाना टेकपाना

असोज २२, २०७९ १३:०

एन्ड्रोइडमा फैलियो खतरनाक मालवेयर, डेटा चोरीदेखि गोप्य रूपमा कल रेकर्ड गर्ने

काठमाडौं । एन्ड्रोइडमा नयाँ मालवेयर फेला परेको छ । सेक्युरिटी कम्पनी जिम्पेरियमले एन्ड्रोइड डिभाइसहरूमा 'र्याटमिलाड' नामक नयाँ मालवेयर पत्ता लगाएको हो ।

कम्पनीका अनुसार यो मालवेयरले प्रयोगकर्ताको अन्य डेटासँगै अडियो रेकर्ड पनि चोर्नसक्ने क्षमता राख्छ । अन्य चोरीमा जस्तै यो चोरीमा पनि ह्याकरले प्रयोगकर्तालाई ब्ल्याकमेल गर्न प्रयोग गरेको पाइएको छ ।

यो मालवेयर नमरेन्ट नामक सामाजिक सञ्जाल एक्टिभेट गर्नको लागि आवश्यकक नक्कली भर्चुअल नम्बर क्रियट गर्न प्रयोग हुने एप मार्फत फैलाइएको हो । यो एप इन्स्टल गरेपछि उक्त एपले अन्य प्रक्रियाको लागि विभिन्न अनुमतिहरू लिन्छ ।

सो अनुमतिहरू सहित ह्याकरले प्रयोगकर्ताको डिभाइसमा पहुँच प्राप्त गर्दछ । यसपछि ह्याकलरले प्रयोगकर्ताको डिभाइसमा ‘ratmilad’ साइडलोड गर्छन् ।

यो फेक एप एन्ड्रोइडको प्ले स्टोरमा वा अन्य थर्ड पार्टी स्टोरहरूमा उपलब्ध छैन । यो मालवेयर टेलिग्राम तथा ट्रोजन जस्ता ‘ratmilad’ मालवेयर भएका एपहरूमा पाइएको पनि कम्पनीले उल्लेख गरेकाे छ ।

साथै ह्याकरले 'ratmilad' मालवेयर फैलाउन अन्य एप डाउनलोड गर्नको लागि वेबसाइट नै बनाएर प्रचार गरेको पनि पाइएको छ । अन्य एपमा शेयर गरेको लिंकमार्फत ह्याकरले यो मालवेयर प्रचार गरेको पाइएको हो ।

यो मालवेयरमार्फत ह्याकरले प्रयोगकर्ताको डिभाइसको विवरण, डिभाइसमा भएको सम्पर्क सूचीहरू, मेसेजहरू, कल हिस्ट्री, अकाउन्ट नाम र अनुमति पाएका एपहरू, क्लिपबोर्डमा भएका डेटाहरू, जीपीएस लोकेसेनको डेटा लगायत अन्य डेटाहरू चोरी गर्न सक्छन् ।

साथै यो मालवेयर प्रयोग गरेर ह्याकरले डिभाइसको फाइल डिलिट गर्न वा नयाँ एप इन्स्टल गर्न र अडियो रेकर्ड गर्न पनि सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ १४:५१