close

ह्याकिङबाट बच्न ह्वाट्सएप नचलाउन टेलिग्राम संस्थापकको आग्रह

टेकपाना टेकपाना

असोज २३, २०७९ २१:३०

ह्याकिङबाट बच्न ह्वाट्सएप नचलाउन टेलिग्राम संस्थापकको आग्रह

काठमाडौं । विभिन्न फिचर सहित चर्चामा रहेका मेसेजिङ एपहरू हुन् टेलिग्राम र ह्वाट्सएप । यद्यपि यी दुईमध्ये कुन एप बढी सुरक्षित र विश्वसनीय भन्ने विषय सधैं विवादको विषय नै बनेको छ । यसैबीच टेलिग्रामका संस्थापक पावेल डुरोभले भने ह्वाट्सएप प्रयोगकर्ताका लागि सुरक्षित नभएको अ भिव्यक्ति दिएका छन् ।

उनले बिहीबार एक ट्वीट गर्दै ह्वाटसएपमा ह्याकिङको जोखिम रहेको भन्दै यस एपबाट टाढा रहन आग्रह गरेका हुन् । साथै उनले विगत १३ वर्षमा ह्वाट्सएप मेसेजिङ एपबाट सर्भेलियन्स टुलको रुपमा विकास भएको टिप्पणी पनि गरेका छन् ।

ह्वाट्सएपमार्फत प्रयोगकर्ताको डिभाइसमा ह्याकरले कसरी पहुँच पाउन सक्छ भन्ने कुरा बताउँदै उनले सामान्य भिडिओ कलबाट धेरै प्रयोगकर्ताको डिभाइस ह्याक भएको उल्लेख गरेका छन् । ह्वाट्सएपले आफ्नो सुरक्षा व्यवस्थालाई अपग्रेड गर्न नसकेको पनि उनकाे आरोप छ ।

लामो समयदेखि ह्वाट्सएपमार्फत भएका विभिन्न ह्याकिङलाई उल्लेख गर्दै उनले ह्वाट्सएपले यस्ता घटनाबाट केही पाठ नसिकेको पनि उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ २१:३०