close

आईफोनको ट्रयाकप्याडमा लुकेको गोप्य फिचरले यसरी गर्छ काम

टेकपाना टेकपाना

असोज २५, २०७९ १४:१२

आईफोनको ट्रयाकप्याडमा लुकेको गोप्य फिचरले यसरी गर्छ काम

काठमाडौं । आईफोन र आईप्याडमा टाइपिङ एउटा विवादास्पद सवाल हो । हरेक नयाँ आईओएस अपडेटमा टाइपिङ एरर हुने समस्या नौलो होइन । आईफोनमा टाइपिङ गर्दा प्रयोगकर्ताले भोग्ने सबैभन्दा ठूलो समस्या भनेको नै टेक्स्ट एडिट गर्दा क्रसर सही तरिकाले मुभ गराउन नसक्नु हो ।

ट्याप गर्ने र स्क्रिनमा औंला तल समातेर म्याग्निफाइङ बबल ल्याउने परम्परागत विधिले क्रसरलाई आफूले चाहेको ठाउँमा पुर्‍याउन नसक्दा प्रयोगकर्ताहरू निराश हुने गर्छन् । तर, आईओएसमा टाइपिङ गर्दा क्रसरलाई मुभ गर्ने अर्को तरिका पनि रहेको छ । जसले प्रयोगकर्तालाई टाइपिङमा केही राहत दिन सक्छ ।

यदि तपाईँले पुरानो आईओएस (आईओएस १५) प्रयोग गर्नुभएको छ भने पनि यो ट्रिकले काम गर्छ । हामीले यहाँ ट्रयाकप्याडमा रहेको गोप्य फिचर प्रयोग गरेर कसरी सजिलै टाइपिङ गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौं ।

आईफोन वा आईप्याडमा यसरी सक्रिय गर्नुहोस् गोप्य ट्रयाकप्याड

  • सबैभन्दा पहिले कुनै टेक्स्ट लेख्नुपर्ने ठाउँ (मेसेज, मेसेन्जर, ह्वाट्सएप, नोट) मा जानुहोस् ।

  • त्यसपछि त्यहाँ कुनै टेक्स्ट लेख्नुहोस् ।

  • त्यसपछि कीबोर्डको स्पेस कि'लाई ट्याप गरेर होल्ड गर्नुहोस् ।

  • त्यसपछि कीबोर्ड खाली देखिन्छ । त्यसपछि भने तपाईंले स्पेस कि'मा औंला राखेर आफूले एडिट गर्न चाहेको टेक्स्टमा क्रसर लिन सक्नुहुन्छ ।

  • त्यसपछि सजिलै टेक्स्ट एडिट गर्नुहोस् । 

यो फिचर एन्ड्रोइड डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ । तर, एन्ड्रोइडमा त्यसरी स्पेरसमा होल्ड गरेर क्रसर मुभ गर्नुभन्दा सोझैं टेक्स्टमा ट्याप गरेर एडिट गर्न सहज हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १४:१३