close

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धा बिहीबारदेखि, नेपालबाट ६ टिम भिड्दै

टेकपाना टेकपाना

असोज २५, २०७९ १४:४१

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धा बिहीबारदेखि, नेपालबाट ६ टिम भिड्दै

काठमाडौँ । पब्जी मोबाइल प्रो लिग २०२२ साउथ एसिया फल च्याम्पियनशिप बिहिबारदेखि सुरु हुँदैछ । कुल १६ टिम सहभागी हुने प्रतियोगितामा नेपाल र पाकिस्तानबाट छ-छ र मङ्गोलियाबाट चार टिमले खेल्दैछन् ।

नेपाली टिमहरुमा हाइ भोल्टेज, डीआरएस, इलिमेन्ट्रिक्स, स्काइलाइट गेमिङ, ट्रेन टु किल र भेनम लेजेन्ड रहेका छन् । यो प्रतियोगितामा पीएमपीएल फल साउथ एसियामा शीर्ष १० भित्र पर्न सफल रहेका टिम र पीएमपीएल फल पाकिस्तानमा शीर्ष ६ भित्र स्थान बनाउन सफल टिमहरु रहेका छन् ।

यो प्रतियोगिता १३ अक्टोबरदेखि १६ अक्टोबरसम्म चल्ने छ, जसमा दिनको ६ खेल गरी कुल २४ खेल खेलाइने छ । प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर तोकिएको छ । जसमध्ये प्रतियोगिताको विजेताले ४० हजार डलर, उपविजेताले २८ हजार डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार डलर हात पार्नेछ ।

साथै प्रतियोगिताका शीर्ष तीन टोली सिधै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ को लागि छनोट हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १४:४६