close

२०० मेगापिक्सेल क्यामेरा भएको साओमी स्मार्टफोन बजारमा, १९ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

असोज २५, २०७९ २२:४३

२०० मेगापिक्सेल क्यामेरा भएको साओमी स्मार्टफोन बजारमा, १९ मिनेटमै फुल चार्ज हुने

काठमाडौं । चिनियाँ मोबाइल निर्माता २०० मेगापिक्सेल क्यामेरा भएको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । गत मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले 'साओमी १२ टी' र 'साओमी १२ टी प्रो' फोनको ग्लोबल लन्च गरेको हो ।

साओमी १२ टी

कम्पनीले सार्वजनिक गरेको साओमी १२ टीमा १२० हर्ज रिफ्रेसरेट भएको ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले रहेको छ । मिडियाटेक डाइमेन्सिटी ८१०० अल्ट्रा चिपसेटद्वारा सञ्चालित यस फोनमा ८ जीबी र्‍याम रहेको छ । एन्ड्रोइड भर्सन १२  मीयूआई १३ मा आधारित यो फोनमा १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा तीन ओटा रियर क्यामेरा छ । यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर समावेश छ । सेल्फीका लागि भने यसमा २० मेगापिक्सेलको क्यामेरा सेन्सर प्रयोग गरिएको छ ।

५००० एमएएच ब्याट्री भएको यस फोनमा १२० वाटको फास्ट चार्जर उपलब्ध गराएको छ, जसलाई १९ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । यस फोनको मूल्य ५९९.९ युरो (करिब ७६ हजार ९ सय ३० रुपैयाँ) तोकिएको छ ।

साओमी १२ टी प्रो

कम्पनीले लन्च गरेको अर्को मोडेल हो, साओमी १२ टी प्रो । यो फोन २०० मेगापिक्सेलको मुख्य क्यामेराका कारण यतिबेला चर्चामा छ । यसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ ईन्च एमोलेड डिस्प्ले रहेको छ ।

क्वालकम एम८४७५ स्नापड्रागन ८प्लस जेन वान चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड भर्सन १२ र मीयूआई १३ मा आधारित छ ।

कम्पनीका अनुसार साओमी १२ टी प्रो ८ जीबी र्‍याम १२८ जीबी इन्टर्नल स्टोरेज, ८ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज र  १२ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

यस मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो क्यामेरा सेन्सर रहेको छ । सेल्फीका लागि भने यसमा २० मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ । ५००० एमएएच ब्याट्री क्षमता भएको साओमी १२ टी प्रोमा कम्पनीले १२० वाट फास्ट चार्जिङ उपलब्ध गराउने भएको छ, जसलाई १९ मिनेटमा नै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी रहेको छ ।

यस फोनको मूल्य ७९९.९ युरो (करिब एक लाख दुई हजार ५८० रुपैयाँ) तोकिएको छ । यो फोन विश्व बजारमा गत बिहीबारबाट उपलब्ध भइसकेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ २२:४३