close

रुसमा आतंकवादी र अतिवादी समूहको सूचीमा फेसबुक

टेकपाना टेकपाना

असोज २६, २०७९ ९:९

रुसमा आतंकवादी र अतिवादी समूहको सूचीमा फेसबुक

काठमाडाैं । रुसले फेसबुकको अभिभावक कम्पनी मेटालाई आतंकवादी र अतिवादी संगठनहरूको सूचीमा राखेकाे छ ।​ इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसकाे वित्तीय अनुगमन एजेन्सी रोसफिन मनिटरिङले मेटालाई याे सूचीमा थपेकाे हाे ।

रुसकाे याे कदमपछि मेटाका सबै प्लेटफर्महरुमा त्यहाँका प्रयाेगकर्ताले पहुँच गुमाउने छन् । यसअघि मार्चमा रुसले फेसबुक र इन्स्टाग्रामलाई युक्रेनमा आफ्नो सैन्य अभियानको क्रममा भेदभाव गरेकाे भन्‍दै प्रतिबन्ध लगाएको थियो ।

मेटाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन ।

मेटासँगै रूसी युद्धविरोधी आन्दोलन भेस्नालाई पनि आतंकवादी र अतिवादी संगठनहरूको सूचीमा थपिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ ९:९