close

चर्चित गेम ‘अमोङ अस’ अब भीआरमा खेल्न पाइने

टेकपाना टेकपाना

असोज २६, २०७९ १६:२१

चर्चित गेम ‘अमोङ अस’ अब भीआरमा खेल्न पाइने

काठमाडौं । टिमवर्क र विश्वासघात गर्ने गेमको रुपमा युवामाझ परिचित अनलाइन गेम 'अमोङ अस' (Among Us)को आनन्द अब भर्चुअल रियालिटी (भीआर)मार्फत उठाउन सकिने भएको छ ।

अमोङ असको डेभलपर कम्पनीले मंगलबार आयोजित मेटा कनेक्ट शोकेसमा मेटा क्वेस्टका लागि यो गेम सार्वजनिक गर्ने मिति घोषणा गरेको छ ।

घोषणा अनुसार यो गेम भीआरका लागि नोभेम्बर १० मा ९.९९ डलरमा मेटा क्वेस्ट र रिफ्ट स्टोरमा उपलब्ध हुनेछ । यसबाहेक सार्वजनिक मितिअगाडि नै यो गेम मेटा क्वेस्ट स्टोरबाट प्रि-अर्डर गर्न पनि सकिने छ ।

यो गेममा १० जना प्लेयरले खेल्न सक्नेछन्, तर यसका लागि सबै खेलाडीसँग भीआर भर्जनको अमोङ अस हुनुपर्छ ।

यसबाहेक मार्भल आइरन म्यान भीआर पनि नोभेम्बर ३ मा मेटा क्वेस्टमा सार्वजनिक हुने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १६:३३