close

भारतीय बजारमा फाइभजीका लागि सफ्टवेयर अपडेट गर्दै एप्पल, गुगल र सामसङ

टेकपाना टेकपाना

असोज २६, २०७९ १६:४१

भारतीय बजारमा फाइभजीका लागि सफ्टवेयर अपडेट गर्दै एप्पल, गुगल र सामसङ

काठमाडाैं । भारतीय बजारमा ठूला प्रविधि कम्पनीहरुले फाइभजी सपाेर्टका लागि फाेनहरुमा सफ्टवेयर अपग्रेड गर्ने भएका छन् । एप्पल, गुगल र सामसङले आफ्ना फाेनमा आउँदाे डिसेम्बरसम्ममा सफ्टवेयर अपडेट गर्ने तयारी गरेका छन् ।

भारतीय अधिकारीहरूले मोबाइल फोन निर्मातालाई उच्च गतिको नेटवर्क अपनाउन दबाब दिएकाे सन्दर्भमा यी कम्पनीले सफ्टवेयर अपडेट गर्न लागेका हुन् । भारतीय बजारमा सफ्टवेयर अपडेटका लागि साझेदारहरुसँग काम गरिरहेकाे बताउँदै एप्पलले डिसेम्बरसम्ममा काम सक्ने बताएकाे छ ।

एप्पलले सन् २०२० मा आईफाेन १२ बाट फाइभजी सपाेर्ट गर्ने स्मार्टफाेन बजारमा ल्याएकाे थियाे । उसैगरी गुगलले पनि चाँडै नै आफ्नाा डिभाइसमा सफ्टवेयर अपडेट गर्ने प्रतिबद्धता जनाएकाे छ ।

गुगलका भारतीय प्रवक्ताका अनुसार 'पिक्सेल ७', 'पिक्सेल ७ प्राे' र 'पिक्सेल सिक्स ए'ले फाइभजी सपाेर्ट गर्छन् ।

त्यस्तै भारतीय बजारमा बिक्रीका हिसाबले दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड सामसङले पनि नोभेम्बरको मध्यसम्ममा आफ्ना सबै फाइभजी उपकरणमा सफ्टवेयर अपडेट हुने बताएकाे छ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर १ मा फाइभजी सेवाकाे सुरुवात गरेका थिए । हाल त्यहाँ रिलायन्स जिओले चार सहर र भारती एयरटेलले आठ सहरमा फाइभजी सेवा उपलब्ध गराउन थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १६:५०