काठमाडाैं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले टिभी मूल्याङ्कन एजेन्सी 'बार्ब'सँग सहकार्य गरेकाे छ । याेसँगै नेटफ्लिक्सका दर्शकहरु पहिलाे पटक स्वतन्त्र निकायद्वारा मापन हुनेछन् ।
यसबाट कतिजनाले नेटफ्लिक्स हेरिरहेका छन् भनेर थाहा पाउन सकिने छ । अब नेटफ्लिक्सकाे सफलता/असफलता थाहा पाउन विज्ञापनदाता, प्रतिस्पर्धीहरु तथा मिडियालाई सजिलाे हुने भएकाे छ ।
रिपाेर्ट अनुसार बार्बले तयार पार्ने डेटा नाेभेम्बर २ बाट हेर्न सकिने छ ।
बेलायतबाट सञ्चालन भइरहेकाे बार्ब, प्रसारण कम्पनीहरुका दर्शकहरुकाे अध्ययन गर्ने संस्था हाे । यसले बीबीसी, आईटीभी लगायत विश्वभरीमा ३०० बढी प्रसारण कम्पनीहरुका लागि काम गरिरहेकाे छ ।