टेकपाना
असोज २८, २०७९ १६:३८
काठमाडौं । सरकारले महँगा मोबाइलको आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि लम्ब्याएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मोबाइलसहित चार प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
देशमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले विलासी वस्तुहरूको आयातमा रोक लगाउँदै आएको छ ।
यसअन्तर्गत ३०० अमेरिकी डलरमाथिका मोबाइलको आयातमा पनि रोकिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १६:४३