close

केपी ‌ओलीले खोले इन्स्टाग्राम अकाउन्ट

टेकपाना टेकपाना

असोज २८, २०७९ १७:०

केपी ‌ओलीले खोले इन्स्टाग्राम अकाउन्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टाग्राम अकाउन्ट खोलेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै ओलीले इन्स्टाग्राममा प्रोफाइल बनाएको जानकारी दिए ।

उक्त फेसबुक पोस्टमा इन्स्टाग्राम चलाउने प्रयोगकर्ताहरुलाई फलोका लागि अनुरोध समेत गरिएको छ ।

ओलीले हाल पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभकामना दिँदै इस्टाग्राममा पहिलो पोस्ट गरेका छन् ।  

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by KP Sharma Oli (@kp.sharma.oli)

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १७:५