काठमाडौं । इन्टरनेटको एउटा फाइदा भनेको वास्तविक समयमा मानिसहरूसँग कुरा गर्न अथवा अन्य कुनै सहकार्य गर्न सक्नु हो । सामान्य च्याटदेखि ठूला ठूला निर्णय लिने कामसम्म, इन्टरनेटको उपलब्धतामा कुनै पनि कामको लागि बहना बनाउने छुट छैन ।
तर कहिलेकाहीँ आफूसँग भएका नोटहरू शेयर गर्नुपर्यो भने के गर्नुहुन्छ ? हुन त कपी पेस्टले यो काम पनि सजिलो नै बनाइदिएको छ । तर कपी पेस्ट पनि नगरी जस्ताको तस्तै नोट शेयर गर्न चाहनुहुन्छ भने यो फिचर आईफोनले उपलब्ध गराएको छ ।
आईफोनको नोट कसरी शेयर गर्ने ?
- मोबाइलको नोटमा गएर आफूले लेख्नुपर्ने कुरा लेख्नुहोस् ।
- लेखिएको नोटको स्क्रिनको दायाँतिर सबैभन्दा माथि बक्सबाट माथितिर फर्किएको शेयर आईकन देख्नुहुन्छ । उक्त आइकनमा क्लिक गर्नुहोस् ।
- यसमा स्क्रिनको तलबाट पपबक्ससँगै विभिन्न अप्सन देख्न सकिन्छ, जसमा 'कोलाबोरेट' र 'सेन्ड कपी' भन्ने अप्सन हुन्छ । यदि तपाईं नोट मात्र पठाउन चाहनुहुन्छ भने सेन्ड कपी'मा क्लिक गर्नुहोस् ।
तर यदि तपाईं सोही नोटमा दुवैजनाले काम गर्न चाहनुहुन्छ भने 'कोलाबोरेट'मा क्लिक गर्नुहोस् । 'कोलाबोरेट'मा क्लिक गरेर आफूले पठाउन चाहेको व्यक्तिलाई लिंक क्रियट गरेर पठाउन सक्नुहुन्छ ।
उक्त व्यक्तिले तपाईंको इन्भिटेसन एक्सेप्ट गरेपछि एउटै लिंकमा दुवैले काम गर्न सकिनेछ ।