काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण स्वचालित ‘स्मार्ट वाटर प्रविधि’ विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन गर्ने कम्पनीले जनाएको छ ।
यो प्रविधिमा पानीको लेभल (तह) मापन रियल टाइममा गर्ने, पानी तान्ने पम्पको नियन्त्रण र मूल्याङ्कन, पानीको गुणस्तर मापन, मिटरलाई मोबाइलबाट नै सञ्चालन तथा नियन्त्रण गर्न सकिने लगायतका फिचरहरू उपलब्ध गराइएको छ ।
यसबाहेक दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गर्दै आइरहेको छ ।
स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट गरिएको छ । १० वर्षअगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।