काठमाडौं । आउँदाे नाेभेम्बर महिनामा रियलमी १० सिरिज स्मार्टफोन सार्वजनिक हुने भएको छ । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै रियलमीले नयाँ सिरिज ल्याउन लागेकाे जानकारी दिएकाे हाे ।
फोन सार्वजनिक हुने तयारी भएसँगै यसका महत्त्वपूर्ण फिचरहरूको जानकारी पनि बाहिरिएको छ । कम्पनीका अनुसार १० सिरिजमा उत्कृष्ट पर्फमेन्स, आकर्षक डिजाइन र डिस्प्ले रहेको छ । यिनै पक्षलाई आधार बनाउँदै कम्पनीले सिरिज १० को मूल्य निर्धारण गर्नेछ ।
रियलमी सिरिज १० प्रो प्लसमा कर्भ्ड स्क्रिन रहनेछ, जसको डिप्लेको केही भाग ढाकिएको देखिन्छ । बाहिरिएका विभिन्न जानकारीलाई आधार बनाउने हो भने १० प्रो प्लस मोडेलमा डाइमेन्सिटी १०८० एसओसी चिपसेट र १० मोडेलमा हेलियो जी९९ चिपसेट प्रयोग हुनेछ ।
यस्तो अवस्थामा १० प्रो मा कुन चिप प्रयोग हुनेछ भन्नेबारे स्पष्ट छैन । त्यस्तै १० प्रो प्लसमा १२० हर्ज रिफ्रेस रेट सहितको डिस्प्ले, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ६७ वाटको चार्जिङ सपोर्ट सहित ५००० एमएएचको ब्याट्री रहने अपेक्षा गरिएको छ ।
त्यस्तै रियलमी १० मोडेलमा ५००० एमएएच क्षमताको ब्याट्री र ३३ वाट चार्जिङ उपलब्ध हुनेछ । यो मोडेलको स्क्रिन भने अन्यको तुलनामा चौडा हुने अनुमान छ ।