close

ट्वीटरका ७५ प्रतिशत कर्मचारी हटाउने कुरा सोचेकै छैन: एलन मस्क

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ १४:४७

ट्वीटरका ७५ प्रतिशत कर्मचारी हटाउने कुरा सोचेकै छैन: एलन मस्क

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले ट्वीटर खरिद गर्ने विषयले यतिबेला पुनः चर्चा पाइरहेको छ । विगतमा विभिन्न कारण देखाउँदै सामाजिक सञ्जालको याे प्लेटफर्म खरिद गर्न अस्वीकार गरेका मस्क यतिखेर सकारात्मक देखिएका छन् ।

हालै उनले ट्वीटर खरिद गरिसकेपछि कम्पनीका ७५ प्रतिशत कर्मचारी हटाउने समाचारले चर्चा पाएको थियो । विभिन्न सञ्चारमाध्यमले मस्कको भनाइ उद्धृत गर्दै उनले ट्वीटरका ७५ प्रतिशत कर्मचारी हटाउन चाहेको कुरा उल्लेख गरेका थिए ।

बुधबाट बेसिन लिएर सान फ्रान्सिस्कोस्थित ट्वीटरको मुख्यालय पुगेका मस्कले त्यहाँ गएर आफूले कर्मचारी नहटाउने बताए । मस्कले आफूले कर्मचारी सङ्ख्या कटौती गर्नेबारे केही नसोचेको अभिव्यक्ति दिए ।

हाल ११० मिलियनभन्दा बढी ट्वीटर फलोअर भएका मस्कले आफ्नो बायोमा 'चिफ ट्वीट' अर्थात् ट्वीटरको प्रमुख लेखेका छन् । ट्वीटरले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने विषयमा मस्कविरुद्ध गरेको उजुरी यो शुक्रबार सुनुवाइ हुने भएको छ ।

यस समयमा मस्क ट्वीटर खरिद गर्न निकै सकारात्मक देखिएका छन् । व्यङ्ग्यात्मक मस्कले ट्वीटरका कर्मचारी हटाउने कुरा रमाइलोका लागि भनेको हुनसक्ने विश्लेषकहरू बताउँछन् ।

यसो त एकैपटक ती ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्नु कुनै पनि सामाजिक सञ्जालका माध्यमका लागि निकै जोखिमपूर्ण काम हो । अझ पनि ट्वीटर खरिद गरिसकेपछि मस्कले कर्मचारी हटाउँछन् वा हटाउँदैनन् भन्ने विषयमा ट्वीटरका कर्मचारी दुविधामा नै छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ १४:४७