close

फेसबुकमा राख्न ओलीले मागे सर्वसाधारणसँग फोटो

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ २१:२५

फेसबुकमा राख्न ओलीले मागे सर्वसाधारणसँग फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा राख्न सर्वसाधारणसँग फोटो मागेका छन् । शनिबार झापामा आयोजना गरिएको कार्यक्रममा सहभागी ओलीले त्यहाँ आफूसँग खिचिएका फाेटाे कमेन्ट बक्समा पठाउन आग्रह गरेका छन् ।

उनी भन्छन्, "झापाको कार्यक्रममा सहभागी हुँदा खिचिएका केही तस्वीर । थाहै नपाई कति धेरै साथीहरूसँग यस्ता सेल्फी खिचिएका होलान् ! साथीहरूले मसँग खिचेका तस्वीरहरू फेसबुकको कमेन्ट बक्समा पठाउनुभयो भने म समय मिलाएर हेर्नेछु ।"

उनले उक्त कार्यक्रममा सर्वसाधारणसँग खिचिएका सेल्फी तथा फोटोहरू अपलोड गर्दै फोटो पठाउन आह्वान गरेका हुन् ।

पछिल्लो समय ओली सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । उनले केही साताअघि सर्वसाधारणसँग फेसबुकमा नम्बर पठाउन अनुरोध गरेका थिए । फेसबुक पेजमा प्राप्त नम्बरहरूबाट गोलाप्रथा गरी फाेन गरेका थिए ।

साथै उनले त्यसरी विभिन्न व्यक्तिसँगको भिडिओ पनि अपलोड गरेका थिए । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नेताहरू सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ २१:२८