close

विराट कोहली बने फेसबुकमा ५ करोड फलाेअर हुने पहिलो क्रिकेटर

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ १७:८

विराट कोहली बने फेसबुकमा ५ करोड फलाेअर हुने पहिलो क्रिकेटर

काठमाडौं । विराट कोहली फेसबुकमा पाँच करोड फलोअर हुने पहिलो क्रिकेटर बनेका छन् । शुक्रबार बिहान पाँच करोड फलोअर नाघेपछि उनी याे काेशेढंगा पार गर्ने पहिलो क्रिकेटर बनेका हुन् ।

जारी टी-ट्वान्टी विश्वकप क्रिकेटमा कोहलीले भारतका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । याेसँगै सामाजिक सञ्जालका विभिन्न माध्यममा उनलाई पछ्याउनेहरूकाे संख्या बढ्दाे छ ।

उनीपछि तीन करोड ७० लाख फलोअरका साथ भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर सचिन तेन्दुलकर दोस्रो स्थानमा रहेका छन् । यसैगरी दुई करोड ७० लाख फलोअरका साथ भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी तेस्रो स्थानमा रहेका छन् ।

इन्स्टाग्राममा २२ करोड १० लाख फलोअरका साथ सर्वाधिक फलोअर हुने क्रिकेटरमा कोहली पहिलो स्थानमा आउँछन् । ट्वीटरमा पनि पाँच करोड ११ लाख फलोअरका साथ कोहली सर्वाधिक फलोअर हुने क्रिकेटरको पहिलो अङ्कमा आउँछन् ।

दोस्रो स्थानमा तीन करोड ८० लाख बढी फलोअरका साथ भारतका पूर्व राष्ट्रिय खेलाडी सचिन तेन्दुलकर रहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ १७:८