close

अब युट्युब लाइभमा पनि अन्य प्रयोगकर्तालाई इन्भाइट गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १२:५८

अब युट्युब लाइभमा पनि अन्य प्रयोगकर्तालाई इन्भाइट गर्न सकिने

काठमाडौं । युट्युबले पनि अन्य प्लेटफर्ममा जस्तै लाइभमा अरु प्रयोगकर्तालाई जोड्न मिल्ने फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा एक ब्लग लेख्दै यो फिचर प्रयोगकर्ताहरूलाई उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।

सुरुवाती चरणमा यो फिचर मोबाइलका लागि मात्र उपलब्ध हुनेछ । डेस्कटप भर्सनको युट्युबमा भने लाइभ शेयर गर्न मिल्ने फिचर कहिले उपलब्ध हुन्छ भन्ने विषयमा भने कम्पनीले केही खुलाएकाे छैन । त्यस्तै सुरुमा केही सीमित प्रयोगकर्ताले मात्र यो फिचर प्रयोग गर्न पाउनेछन् भने अन्य प्रयोगकर्ताको लागि कम्पनीले चरणबद्ध रुपमा काम गर्दै जाने जनाएको छ ।

युट्युबका कन्टेन्ट क्रियटरहरूले आफ्ना गेस्टसँग गरिने लाइभस्ट्रिम डेस्कटपबाट शेड्युल गरेर मोबाइलबाट लाइभ जान सक्नेछन् । अथवा प्रयोगकर्ताले लाइभको समय तालिका नबनाई सोझै लाइभमा बस्न सक्नेछन् ।

एकपटक एकजना गेस्टलाई मात्र लाइभमा समावेश गर्न सकिनेछ । अबको केही हप्तामा केही क्रियटरहरुको अकाउन्टमा 'गो लाइभ टुगेदर' बटन थप हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १२:५८