काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्षअघि स्थापना भएको फोनपेले हालै यो आँकडा पार गरेको हो । साथै फोनपे नेटवर्कमार्फत हाल दैनिक चार अर्ब बढीको कारोबार हुँदै आएको जानकारीसमेत कम्पनीले दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै फोनपेले यो उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण मर्चेन्ट र ग्राहकलाई धन्यवाद दिएको छ । कम्पनीले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन आएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले बताए ।
“हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ ,” उनले भने ।