टेकपाना
कात्तिक २१, २०७९ २३:०
काठमाडौं । खल्ती वालेटबाट माेबाइल सेवा प्रदायक एनसेलमा हुने सबै प्रकारको अनलाइन भुक्तानी आज राति १२ बजेदेखि प्रभावित हुने भएको छ ।
एक सूचना जारी गर्दै खल्तीले एनसेलको सामान्य प्राविधिक सुधारका कारण सेवा प्रभावित हुने जानकारी दिएकाे हाे ।
यसअन्तर्गत एनसेलमा हुने भुक्तानी सेवा आज राति १२:०० देखि भोलि बिहान ५:०० बजे सम्मको लागि प्रभावित हुनेछ ।
यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति खल्तीले क्षमा मागेकाे छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ २३:०