काठमाडौं । पेमेन्ट गेटवे प्रदायक पेमेन्ट गेटवे सर्भिस प्रालि (पेमेन्ट नेपाल) को सेवा तीन दिनसम्म अवरुद्ध हुने भएको छ ।
एक सूचना जारी गर्दै कम्पनीले वेबसाइट अपग्रेड हुन लागेकाले कम्पनीको सेवा मंगलबारदेखि बिहीबारसम्म नचल्ने जानकारी दिएकाे छ ।
सेवा शुक्रबारदेखि पुन: सञ्चालन हुने पनि कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न कम्पनीहरूका लागि भुक्तानी प्रणाली उपलब्ध गराइरहेकाे छ भने भिसा कार्ड, मास्टर कार्ड र युनियन पे कार्डसँग सहकार्य गरेर सेवा विस्तार पनि गरिरहेकाे छ ।