close

गेम खेल्न गेमिङ माउस नै चाहिन्छ ? यस्तो छ वास्तविकता

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १६:१

गेम खेल्न गेमिङ माउस नै चाहिन्छ ? यस्तो छ वास्तविकता

काठमाडौं । गेमिङमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा मनिटर र सीपीयू सँगसँगै माउसमा पनि भर पर्छ । यदि माउसमा राम्रो सेन्सर प्रयोग गरिएको छ र डीपीआई (माउसले काम गर्ने क्षमता) बढी छ भने गेम खेल्न सहज हुन्छ ।

यो सबै कुरा गेमिङ माउसमा उपलब्ध हुन्छ । आज हामी गेम खेल्नका लागि गेमिङ माउसले कतिको सहयोग गर्छ र यसको फाइदा के हुन्छ भन्ने बारे बताउँछौँ । 
सामान्यतः गेमिङ माउस र सामान्य माउसमा त्यति धेरै भिन्नता पाइँदैन । साधारण काम गर्नका लागि सामान्य माउस नै पर्याप्त हुन्छ । तर, यदि तपाईँलाई धेरै डीपीआई भएको माउसको आवश्यकता छ भने तपाईँले गेमिङ माउस रोज्न सक्नुहुन्छ ।

यससँगै गेमिङ माउसको अर्को फाइदा भनेको सफ्टवेयरबाट गेमिङ माउसको आरजीबी लाइट, डीपीआई जस्ता कुरा परिवर्तन गर्न सक्नु पनि हो, जुन सामान्य माउसमा देख्न पाइँदैन । यसबाहेक गेमिङ माउसमा धेरै बटन उपलब्ध हुन्छन् । जसलाई आफ्नो हिसाबले सफ्टवेयर मार्फत नै परिवर्तन गर्न सकिन्छ ।
 
सामान्य माउसमा स्क्रोल सहित तपाईँले तीन ओटा बटन पाउनुहुन्छ । तर, गेमिङ माउसमा भने ११ देखि १२ ओटा बटन दिइएको हुन्छ । गेमिङ माउसमा पाउन सकिने अर्को कुरा भनेको राम्रो सेन्सर हो । महङ्गा माउसमा धेरै राम्रा अनि महङ्गा सेन्सर दिइएको हुन्छ । जसले माउसलाई झनै सटीक (एकुरेट) बनाउँछ । साथै केही गेमिङ माउसमा आफ्नो सहजता अनुसार माउसको तौल मिलाउने सुविधा पनि आइसकेको छ । त्यसैले प्रोफेसनल गेमरहरू लुक्स (आवरण) र सहजतालाई हेरेर गेमिङ माउस नै प्रयोग गर्न रुचाउँछन् ।
 
यदि तपाईँको आवश्यकता साधारण प्रयोग हो भने सामान्य माउस प्रयोग गर्दा उपयोगी हुन्छ । तर, यदि तपाईँको आवश्यकता गेमिङ हो र राम्रो लुक्ससँगै डिजाइन चाहिएको छ भने तपाईँले गेमिङ माउस खरिद गर्न सक्नुहुन्छ । कस्तो माउस खोज्ने भन्ने विषय तपाईँको बजेटमा पनि निर्भर हुन्छ ।
 
नेपाली बजारमा  सामान्य माउस दुई सयदेखि पाँच सय रुपैयाँसम्ममा पाउन सकिन्छ । तर, गेमिङ माउसका लागि पाँच सय रुपैयाँभन्दा बढी नै खर्च गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १६:४६