काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले गत सातादेखि ई-सिम वितरण गर्न थालेको छ । एनसेल सिम प्रयोग गरिरहेका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई हाल प्रयोग भइरहेको सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन् ।
यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ । ई-सिम लिनुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्नेछैन ।
ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्नसक्ने बताइएको छ । ग्राहकले आफ्नो मोबाइल ई(सिम चल्नेरनचल्ने थाहा पाउन *#०६# डायल गर्नुपर्छ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।
यी डिभासमा सपोर्ट गर्छ ई-सिम
आईफोन
- iPhone XR
- iPhone XS
- iPhone XS Max
- iPhone 11
- iPhone 11 Pro
- iPhone 11 pro Max
- iPhone SE 2 (2020)
- iPhone 12
- iPhone 12 Mini
- iPhone 12 Pro
- iPhone 12 Pro Max
- iPhone 13
- iPhone 13 Mini
- iPhone 13 Pro
- iPhone 13 Pro Max
- iPhone SE 3 (2022)
- iphone 14
- iphone 14 plus
- iphone 14 pro
- iphone 14 pro Max
आईप्याड
- iPad Pro 11″ (model A2068, from 2020)
- iPad Pro 12.9″ (model A2069, from 2020)
- iPad Air (model A2123, from 2019)
- iPad (model A2198, from 2019)
- iPad Mini (model A2124, from 2019)
सामसङ
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 Ultra
- Samsung Galaxy S21
- Samsung Galaxy S21+ 5G
- Samsung Galaxy S21 Ultra 5G
- Samsung Galaxy S22
- Samsung Galaxy S22 5G
- Samsung Galaxy S22 Ultra
- Samsung Galaxy Note 20 Ultra
- Samsung Galaxy Note 20 Ultra 5G
- Samsung Galaxy Fold
- Samsung Fold LTE model
- Samsung Galaxy Fold 3
- Samsung Galaxy Z Fold2 5G
- Samsung Galaxy Z Fold3 5G
- Samsung Galaxy Z Flip3 5G
- Samsung Galaxy Z Flip3 5G Fold
- Samsung Galaxy Z Flip
- Samsung Galaxy Note 20 FE 5G
- Samsung Galaxy Note 20FE
- Samsung Watch (via Samsung Wearable application)
गुगल फोन
- Google Pixel 2 (only phones bought with Google Fi service)
- Google Pixel 2 XL
- Google Pixel 3 XL
- Google Pixel 3a XL
- Google Pixel 4
- Google Pixel 4a
- Google Pixel 4 XL
- Google Pixel 5
- Google Pixel 5a
- Google Pixel 6
- Google pixel 6a
- Google Pixel 6 Pro.
ह्वावे
- Huawei P40
- Huawei P40 Pro
- Huwawei P50 Pro
- Huawei Mate 40 Pro
ओप्पो
- Oppo Find X3
- Oppo Find X3 Pro
- Oppo Reno 5A
- Oppo Reno6 Pro 5G
- Oppo Find X5
- Oppo Find X5 Pro
- Oppo A55s
सोनी
- Sony Xperia 1 IV
- Sony Xperia 5 IV
- Sony Xperia 10 III Lite
- Sony Xperia 10 IV
मोटोरोला
- Motorola Razr 2019
- Motorola Razr 5G
ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू
- Motorola Razr 2019
- Motorola Razr 5G
- Nuu Mobile X5
- Gemini PDA
- Rakuten Mini
- Rakuten Big-S
- Rakuten Big
- Surface Pro X
- Honor Magic 4 Pro
- Fairphone 4
- Vivo X80
माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।
त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।
अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।
के हो ई-सिम ?
ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १५:५५
