close

सामाजिक सञ्जालमा चिनजान गरी विदेश पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १८:२१

सामाजिक सञ्जालमा चिनजान गरी विदेश पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएममार्फत जोडिएर विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी वडा न. १० बस्ने २७ वर्षीय रामकृष्ण आचार्य रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले कम्बोडियामा आकर्षक तलब र सुविधासहित काम लगाइदिने भन्दै पीडितहरुबाट करिब २४ लाख रुपैयाँ ठगी गरेका थिए । सामाजिक सञ्जालमा पीडितसँग कुरा गर्ने क्रममा उनले आफू कम्बोडियाको एक होटेलमा गार्ड रहेको कुरा बताएका थिए ।

विदेश लैजान विभिन्न प्रक्रिया अपनाउनुपर्ने भन्दै उनले पीडितबाट आफ्नो माताहतका विभिन्न मानिसहरूको खातामा २३ लाख ९७ हजार रुपैयाँ गर्न लगाए । यतिका रकम भुक्तानी गर्दा पनि केही चालचुल नभएपछि पीडितले आफू ठगिएको महसुस गरी आचार्यविरुद्ध उजुरी दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा अनलाइनमार्फत ठगी गर्ने कार्यमा आचार्यलाई जिल्ला प्रहरी कार्यलय खोटाङको सहयोगमा सोही जिल्लाबाट प्रकाउ गरिएकाे हाे । ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आचार्यलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १८:२१