close

पदाधिकारी चयन गर्दै क्यान महासंघ

टेकपाना टेकपाना

पुस ११, २०७९ १५:१९

पदाधिकारी चयन गर्दै क्यान महासंघ

काठमाडौं । क्यान महासंघको १४औं कार्यसमितिका लागि आज पदाधिकारी चुनिने भएका छन् । शनिबार भएको महासंघको केन्द्रीय महाधिवेशनले रणजित पौदारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै ४३ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

यसमध्ये केही विधागत सदस्य मतदानमार्फत निर्वाचित भएका थिए केही सर्वसम्मत चुनिएका थिए । आज बसेको कार्यसमितिकाे बैठकले पदाधिकारी टुङ्ग्याउने अध्यक्ष पौदारले जनाए ।

उनका अनुसार केही पदाधिकारी पदमा सहमति भइसकेको छ भने केही पदका लागि कार्यसमिति सदस्यहरूबीच मतदान गर्ने तयारी भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १५:१९