close

प्रभु बैंकको मोबाइल बैंकिङ एपमा समस्या

टेकपाना टेकपाना

पुस १५, २०७९ ११:३२

प्रभु बैंकको मोबाइल बैंकिङ एपमा समस्या

काठमाडौं । आज बिहानदेखि प्रभु बैंकको मोबाइल बैंकिङ तथा एटीएम कार्ड लगायतका सेवाहरूमा समस्या आएको छ । बिहान छ बजेदेखि बैंकको अनलाइन प्रणालीमा समस्या आएको हो । यसले गर्दा बैंकका ग्राहकहरूले बिहानैदेखि अनलाइन प्रणालीमार्फत कारोबार गर्न असमर्थ भएका छन् । 

बैंकले भने एक सूचना जारी गर्दै आज दिउँसो १ बजेपछि मात्र सेवा सुचारु हुने जानकारी दिएको छ । बैंकको मोबाइल बैंकिक एपको सिस्टम माइग्रेसन गर्ने काम भइरहेको हुँदा आज दिउँसो १ बजेसम्म सेवा अबरुद्ध हुने बैंकले जनाएको छ । साथै सेवा सुचारु भएपछि एप प्रयोग गर्नुपूर्व अपडेट गर्नको लागि पनि बैंकले आग्रह गरेको छ । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ ११:३२