close

दुई दिनपछि अनलक भयो प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट

टेकपाना टेकपाना

पुस १५, २०७९ १७:५६

दुई दिनपछि अनलक भयो प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट

काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल 'पीएमओ नेपाल' (PMO Nepal) दुई दिनपछि अनलक भएको छ । बुधबार बेलुकीदेखि अकाउन्ट लक भएपनि यसबारे प्रधानमन्त्रीकाे सचिवालयले कुनै जानकारी दिएकाे थिएन ।

अकाउन्ट लक गर्नुको अर्थ अकाउन्ट प्राइभेट राख्नु हो । ​यसअन्तर्गत अकाउन्टमा जोकोहीले त्यहाँ भएका ट्वीट देख्दैनन् । जो व्यक्तिले पहिले फलो गरेका हुन्छन्, ती व्यक्तिले मात्र हेर्न अकाउन्टका गतिविधि हेर्न पाउँछन् । नयाँ फलोअरको रिक्वेस्ट एक्सेप्ट हुँदा मात्र त्यस ह्याण्डलबाट भएका ट्वीट हेर्न, लाइक, कमेन्ट वा रिट्वीट गर्न सकिन्छ । 

अकाउन्ट अनलक भएपछि नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का भेटघाट तथा अन्य ट्वीट गरिएकाे छ । अहिले भने फलो गर्ने वा नगर्ने सबैले ट्वीट देख्न, लाइक कमेन्ट वा रिट्वीट तथा शेयर गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १७:५६