close

कोरोनाको गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन टिकटकमा (भिडियो सहित)

टेकपाना टेकपाना

फागुन २१, २०७६ ११:६

कोरोनाको गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन टिकटकमा (भिडियो सहित)

काठमाडौं । कोरोना भाइरस सम्बन्धि सामाजिक सञ्जालहरुमा फैलिरहेको गलत सूचनालाई रोक्न विश्व स्वास्थ्य संगठनले अभियान चालेको छ । अभियान अन्तर्गत संगठनले भिडियो शेयरिङ एप टिकटकबाट भिडियो सन्देश जारी गर्न थालेकाे छ ।  

‘तपाईंलाई विश्वसनीय र समसामयिक सार्वजनिक स्वास्थ्य सल्लाह दिन हामीले टिकटकसँग सहकार्य गरेका छौं । हामी कोरोना भाइरसबाट आफूलाई कसरी बचाउन सक्छौं, हाम्रो पहिलो पोस्टमा उल्लेख छ ।’ विश्व स्वास्थ संगठनले आफ्नो उल्लेख गरेको छ ।

टिकटकमा पोस्ट एक भिडियोमा संगठनको संक्रमण रोकथाम र नियन्त्रण प्राविधिक अधिकारी बेनेदित्ता एलिग्रेन्जीले कोरोना भाइरस फैलिनबाट कसरी रोक्न सकिन्छ भन्ने व्याख्या गरेकी छिन् । साथै उनले थप स्रोत तथा जानकारीका लागि संगठनको वेबसाइटमा हेर्न आह्वान गरेकी छिन् । 

@who

We are joining @tiktok to provide you with reliable and timely public health advice! Our first post: How to protect yourself from ##coronavirus ?

♬ original sound – who

यस्तै संगठनले अपलोड गरेको दोस्रो भिडियोमा माक्स प्रयोग गर्ने तरिका सिकाइएकाे छ । भिडियोमा स्वासप्रश्वास सम्बन्धि कुनै समस्या नदेखिए मेडिकल मास्क नलगाउन पनि भनिएको छ ।

 

@who

When & how should masks be worn in order to protect against the new ##coronavirus ?

♬ original sound – who

टिकटकमा पोस्ट भएका यी दुई भिडियोहरु मध्ये पहिलो भिडियो मार्च ४ सम्म २ करोड ५२ लाखले हेरेका छन् भने दोस्रो भिडियो ३ करोड १९ लाखले हेरेका छन् । डब्ल्यूएचओले यसअघि हैजा रोक्न सामाजिक सञ्जालहरुको यस किसिमको प्रयासलाई ‘इन्फोडेमिक’ नाम दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०