काठमाडौं । कोरोना भाइरस सम्बन्धि गलत सूचना रोक्न लागिपरेको फेसबुक आफै झुक्किएको छ । अफवाह फैलाउने र गलत सूचना रोक्ने योजनाका साथ सूचना फिल्टरिङ गरिरहेको फेसबुकले आज विश्वका विभिन्न देशमा फेसबुक पोस्ट र कमेन्टहरु ब्लक गरेको हो ।
It looks like an anti-spam rule at FB is going haywire. Facebook sent home content moderators yesterday, who generally can't WFH due to privacy commitments the company has made. We might be seeing the start of the ML going nuts with less human oversight. https://t.co/XCSz405wtR
— Alex Stamos (@alexstamos) March 17, 2020
यसरी पोस्ट र कमेन्ट ब्लक गर्दा फेसबुकले कोरोना भाइरससँग सम्बन्धि सत्यतथ्य जानकारी दिइएका लिंक समेत ब्लक गरेको छ । आज बिहानैदेखि फेसबुकले गरेका विभिन्न कन्टेन्ट ब्लकको विषय सामाजिक सञ्जालमा छाएको छ । यसको असर नेपालमा पनि परेको छ ।
यो विषयमा फेसबुकले अहिले समस्यालाई हल गर्ने काम भइरहेको जनाएको छ । समस्या कसरी आएको हो भन्ने विषयमा यकिन जानकारी नहुँदा अप्ठ्यारोमा अवस्था सिर्जना भएको छ । उक्त समस्या समाधानका लागि काम गरिरहेको फेसबुकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
