close

प्रधानमन्त्री ओलीको फोटो बिगारेर फेसबुकमा राखेको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

जेठ २, २०७७ २३:१

प्रधानमन्त्री ओलीको फोटो बिगारेर फेसबुकमा राखेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओली सहित विशिष्ट व्यक्तिहरु फोटो बिगारेको आरोपमा सिन्धुली तिनपाटन गाउँपालिका-१, बेलघारी बस्ने मधु पौडेल भन्ने तोरण राज पौडेल (२२) लाई प्रहरीले पक्राउ गरेको हो ।

उनी माथि प्रधानमन्त्री ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप
परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश
फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी विषय प्रकाशन गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१