close

फ्रान्सले पारित गर्‍यो २४ घण्टाभित्रै घृणात्मक अभिव्यक्ति हटाउनुपर्ने कानून

टेकपाना टेकपाना

जेठ ४, २०७७ १२:४४

फ्रान्सले पारित गर्‍यो २४ घण्टाभित्रै घृणात्मक अभिव्यक्ति हटाउनुपर्ने कानून

काठमाडौं । फ्रान्सको तल्लो सदनले अनलाइन प्लेटफर्ममा हेट स्पीच अर्थात घृणात्मक अभिव्यक्तिको विरुद्ध ल्याइएको एउटा विवादास्पद कानून अनुमोदन गरेको छ । उक्त कानूनबाट सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरुले हेट स्पीचजन्य सामग्रीहरु २४ घण्टाभित्रै हटाइसक्नु पर्ने बाध्यकारी व्यवस्था लागु हुनेछ ।

अन्यथा कानूनको पालना नगर्ने कम्पनीहरुमाथि जरिवाना लगाइने व्यवस्था कानूनमा छ । अफलाइन अर्थात भौतिक संसारमा जुन विषयहरु आपत्तिजनक तथा अपराध मानिन्छन्, अनलाइन प्लेटफर्ममा त्यस्तै कुराहरु प्रतिबन्धित सामग्री मानिने छ ।

हत्याको धम्की, भेदभाव तथा नरसंहार जस्ता विषयहरु यसभित्र पर्छन् । उक्त कानूनमा अनलाइन प्लेटफर्महरुलाई आतंकवादजन्य साम‍ग्री, चाइल्ड पोर्नग्राफी (बालबालिका जन्य यौनसामग्री) जस्ता सामग्रीहरु एक घण्टाभित्रै हटाउन एक्सन लिनुपर्ने निर्देशन दिने उल्लेख छ ।

अनलाइन प्लेटफर्महरुमा हेट स्पीचहरु तिब्ररुपमा बढिरहेका छन् । फ्रान्सका डिजिटल मन्त्री सेड्रिक ओ अनलाइन प्लेटफर्महरु आफूले आफैंलाई निमयन गर्नु पर्ने बताउँछन् । ती कम्पनीहरुले आफ्नो काम राम्रो गरेको छ वा छैन भनेर चेक गर्नु मात्र सरकारको जिम्मेवारी हुनुपर्ने उनको विचार छ ।

यो कानूनले विभिन्न तहको जरिवानाको व्यवस्था समेत गरेको छ । यस्ता जरिवारनाहरु  सयौं, हजारौं युरोसम्मका हुनेछन् । गम्भीर प्रकृतिका मुद्दाहरुमा यो कानूनले कम्पनीबाट उसको विश्वभरको वार्षिक आयको चार प्रतिशत जरिवाना उठाउने व्यवस्था समेत गरेको छ ।

सुपेरियर काउन्सिल अफ अडियो भिजुअलले यो कानूनको नियमन गर्नेछ । जर्मनले पनि यसअघि यस्तै किसिमको नियमावली पारित गरिसकेको छ । युरोपेली युनियनमा समेतले क्षेत्रीय स्तरमा यस्तो कानून ल्याउने विषयमा छलफल जारी छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३