close

साइबर सुरक्षा केन्द्र स्थापनाका लागि संभाव्यता अध्ययन गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:२२

साइबर सुरक्षा केन्द्र स्थापनाका लागि संभाव्यता अध्ययन गरिने

काठमाडौं । छुट्टै साइबर सुरक्षा केन्द्र स्थापनाका लागि संभाव्यता अध्ययन गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

साइबर सुरक्षाको जोखिमको पहिचान, असर न्यूनिकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फरेन्सीक ल्याबको स्तरोन्नती गरिने समेत उनले बताएका छन् ।

यसैगरी सुरक्षण मुद्रण स्थापनका लागि पूर्वाधार तथा उपकरणको व्यवस्था गरिने र व्यावसायीक सम्भाव्यताको आधारमा नेपालको आफ्नै स्याटालाइट स्थापना गर्ने विषय समेत आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१