स्मार्ट टेलिकमले दिनभर चलाउन मिल्ने गरी ९ रुपैयामै मोबाइल इन्टरनेट उपलब्ध गराएको छ । दैनिक मोबाइल डाटा प्याक अन्तरगत मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले २४ घण्टा अवधिका लागि २ सय एमबी मोबाइल डाटा उपलब्ध गराएको हो ।
प्याक लिनका लागि स्मार्टका प्रयाेगकर्ताले *141*3*1*6# डायल गर्नुपर्नेछ । स्मार्ट टेलिकमले नेपालमै सबैभन्दा तीब्र गतिको फोरजी इन्टरनेट सेवा दिँदै आइरहेको छ ।