अनलाइनमार्फत व्यवसाय बढाउने फेसबुकका १४ कोर्ष निःशूल्क, यसरी हुनुहाेस् सहभागी
जेठ २८, २०७७ ११:२७
काठमाडौं । कोरोनाभाइरसका कारण धेरैजसो व्यवसाय अनलाइनमा स्थानान्तरण भइरहेका छन् । कतिपय व्यवसायका लागि अनलाइन नयाँ हुन सक्छ । यस्तोमा अनलाइनमार्फत आफ्नो व्यवसायलाई विस्तार गर्न विभिन्न समस्याहरु आउन सक्छन् ।
त्यसैलाई मध्यनजर गर्दै फेसबुकले अनलाइन व्यवसाय सुरु गर्ने र आफ्नो व्यवसायलाई विस्तार गर्नेसम्मका १४ वटा कोर्ष निःशूल्क रुपमा उपलब्ध गराउन थालेको छ । ‘विश्व परिवेशमा व्यवसाय विस्तारै अनलाइनमा रुपान्तरण भइरहेका छन् भने कतिपय कहाँबाट सुरु गर्ने भन्ने खोजिमा छन्,’ फेसबुकले भनेको छ, ‘यो अन्यौलतालाई सहज पार्न हाम्रो बिजनेस प्रोग्राम, फेसबुक ब्लू प्रिन्टले १४ वटा नयाँ कोर्ष सार्वजनिक गरेको छ ।’

फेसबुकका अनुसार यी उपलब्ध कोर्ष बुझ्नलाई सहज होस् भन्ने हिसावले विषय केन्द्रीत बनाइएको छ । पाठकलाई कोर्ष बुझेर प्रयोगमा ल्याउन सहज होस् भनेर विभिन्न कथाहरु समेत प्रयोग गरिएको छ ।
आफूले चाहेको कोर्ष छनौट गरेर पढ्नका लागि अगाडि बढ्नुहोस्
१. आफ्नो व्यवसायको लागि कसरी सही सोसल मिडिया छनौट गर्ने ?
२. आफ्नो बिजनेस बारे कसरी जानकारी दिने ?
३ ग्राहकको रुची र माग कसरी मापन गर्ने ?
४. बजारीकरणको लक्ष्य कसरी तय गर्ने ?
५. कन्टेन्ट क्यालेन्डर कसरी बनाउने र त्यसलाई व्यवस्थित कसरी गर्ने ?
६. आधिकारिक म्यासेज कसरी तयार पार्ने ?
७. आफ्ना ग्राहकसँग अनलाइन सम्पर्कमा कसरी बस्ने ?
८. आफ्नो व्यवसायलाई इन्स्टाग्राममा कसरी प्रस्तुत गर्ने ?
९. सामाजिक सञ्जालमा प्रयोगकर्तालाई कसरी आकर्षित गर्ने ?
१०. नयाँ मानिसहरुलाई कसरी जोड्ने र इंगेज राख्ने ?
११. इन्स्टाग्राममा गर्ने पोस्टको योजना कसरी बनाउने ?
१२. ह्वाट्सएपमा ग्राहकहरुसँग कसरी सम्पर्क राख्ने ?
१३. आफ्नो व्यवसायका लागि गिफ्टकार्ड कसरी तयार पार्ने ?
१४. लक्षित प्रयोगकर्तासम्म कसरी पुग्ने ?
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
