काठमाडौं । पछिल्लो समय साईबर अपराधका घटना बढ्दै गएपछि सरकारले यसमा थप कडाई गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधि सभाको बैठकमा साईबर अपराध नियन्त्रणमा सरकार सचेत रहेको बताएका हुन् ।
यसको नियन्त्रणका लागि सरोकारवालासमेतको सहभागिता रहेको साईबर सुरक्षा अनुगमन केन्द्रको परिचालन हुने उनले जानकारी दिए ।
साईबर थे्रट कम गर्न नेपाल दूरसञ्चार प्राधिकरण, दूरसञ्चार सेवा प्रदायकहरुले पनि आफ्नो बजेटमार्फत कार्यक्रम तय गरिरहेको र सरकारले पनि आगामी बजेटमै यसलाई सम्बोधन गरेको उनले जानकारी दिए ।
त्यस्तै उनले डिजिटल नेपालर्ला कुशल ढंगले अघि बढाउने गरी काम भइरहेको पनि जानकारी दिएका छन्।