close

विद्यार्थीलाई एनसेलकाे विशेष अफर, २५० मै २० जीबी डेटा

टेकपाना टेकपाना

साउन १४, २०७७ १८:५५

विद्यार्थीलाई एनसेलकाे विशेष अफर, २५० मै २० जीबी डेटा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि एनसेलले उच्च शिक्षालय तथा माध्यमिक विद्यालयको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच सम्झौता भएको हो ।

सम्झौत अनुसार एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन एक सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा रहेको छ । यसैगरी मासिक ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।

‘यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ ।’ एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पु¥याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।’

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । ‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।’

यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०